९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

टिस्टुङ । मकवानपुरको थाहा नगरपालिका–३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको डाँडाखर्कबाट दामन–डाँडाबास सडक हुँदै त्रिभुवन राजपथतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराका बीच भागमा लुकाइछिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाका आधारमा हिजो मङ्गलबार साँझ प्रहरीले दोबाटोमा ट्रक रोकेर जाँच गर्दा बोराका बीच भागमा आठ वटा पोकामा लागुऔषध गाँजा फेला परेको हो । गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका–८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता रिमालले जानकारी दिए । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो