१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

बलेवा । गत जेठ अन्तिम सातादेखि सुरु भएको मनसुनले किसानको खेतबारीमा सिँचाइको सुविधा राम्रो भयो । खेतबारी हरियाली हुँदा किसान औधी रमाएका छन् । वर्षाका कारण समयमा रोपाइँ गर्न पाएर किसानको खेतबारी हरियो बनेका हुन् । बागलुङका अधिकांश किसानले असारभित्रै सबै खेतमा धान रोपेका थिए । भदौ लाग्दा खेतमा धमाधम धान गोड्नेको लहर देखिएको छ । समयमा धान रोपेकोले यतिबेला गोड्ने बेलासमेत भइसकेको छ ।

Advertisement

निरन्तर वर्षाले धानको उत्पादनसमेत बढ्ने गरी रोपाइँ राम्रो देखिएको किसानले बताए । भदौको पहिलो सातासम्म दैनिकजसो वर्षा भएकोले धान राम्रो भएको बागलुङ नगरपालिका–३ का जङगबहादुर कार्कीले बताए । ‘‘पानी निरन्तर परेको छ, त्यसैले धान राम्रो बढेको छ, यो वर्ष उत्पादन पनि बढ्ने आश लागेको छ,’’ उनले भने, ‘‘निरन्तर वर्षा भएकोले सिँचाइ सुविधा पुगेको छ ।’’

खेतमा पानी लगाउने भन्दै धाउनै नपरेको उनले बताए । जिल्लाको काठेखोला जलाधार क्षेत्रमा खहरे, अक्षेते र गौँडाकोट क्षेत्रमा बढी धान रोपिन्छ । दरमखोला जलाधार क्षेत्रको हटिया, हरिचौर, मल्म, काँडेवास र रिघा बढी उत्पादनको क्षेत्र हुन् । यस वर्ष बडिगाड गाउँपालिकाको ग्वालीचौर, खरवाङ र खार क्षेत्रमा पनि धानखेती राम्रो भएको छ । निसीखोलाका सबै फाँट, ढोरपाटन नगरपालिका, बागलुङको बलेवा, जैमिनी समेतमा धान उत्पादन बढ्ने सम्भावना देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराइले जानकारीदिए ।

उनका अनुसार जिल्लामा सात हजार ५०० हेक्टर जमिनमा धान रोपाइँ हुने गरेको छ । वर्षाले साथ दिएकोले सबै जमिनमा धान सपे्रको उनले बताए । गत वर्षभन्दा यो वर्ष छिटो रोपाइँ भएकोले उत्पादन १० देखि २० प्रतिशत बढी उनले प्रक्षेपण गरे । राम्रो उत्पादन हुँदा प्रतिहेक्टर ३ मेट्रिकटन धान फल्ने गरेको तथ्याङ्क छ । उनका अनुसार जिल्लामा २२ हजार ५०० मेट्रिकटन धान फल्ने अनुमान छ । ‘‘अनुकूल मौसममा किसानको १० देखि २० प्रतिशत धान उत्पादन बढ्ने गरेको छ, यो वर्ष बढ्ने गरी पानी परेको छ,’’ उनले भने, ‘‘छिटो रोपेकोले हिउँदेबालीका लागि पनि किसानलाई सहयोग मिल्नेछ ।’’

समयमा धान रोपेर छिटो थन्क्याउन पाउँदा किसानले तीन खेती लगाउन पाउने गरेको गलकोट नगरपालिका– ७ का टोपबहादुर थापाले बताए । गत वर्ष भने मनसुन कमजोर भएकोले ढिलो रोपाइँ भएको थियो । ढिलो रोपाइँ भएपछि उत्पादनसमेत घटेको थियो । कोरोना सङ्क्रमणले खेतालासमेत पाएका थिएनन् । यो वर्ष समयमै काम भएकोले सामाजिक दुरी कायम गर्ने, मास्क लगाएर काम गर्ने कारणले समयमा काम भएको कार्कीले बताए ।

साँघुरा सडक, अव्यवस्थित बस्ती

सदरमुकामदेखि अक्षेते र सिगाना हुँदै गाजादह, बरेङ, शान्तिपुर जोड्ने सडकको प्रवेशद्वारमै जीप मात्रै छिर्नसक्ने अवस्थाको छ । देउराली चोकबाट गाडी छिर्न नसकेपछि सिगानातर्फको सडक कालोपत्र भए पनि ठूला गाडी लिएर जानसक्ने अवस्था छैन । सिगानातर्फ जानुपर्ने केही ठूला गाडीले पनि खहरे पुगेर घुम्दै ओखलढुङ्गा पुल पुग्छन् । तर त्यहीँ खण्डमा पनि अर्को सवारी आएमा साइट दिने ठाउँसमेत छैन ।

बागलुङ नगरपालिकाले भने १२ देखि १५ मिटरको सडक बनाउने मापदण्ड बनाएको छ । पुराना सडक ६ मिटरसमेत नभएकोले मापदण्ड लागू गर्न कठिन भएको नगरपालिकाका इञ्जिनीयर दीपेन्द्र भण्डारीले बताए । बस्ती नभएको र भूगोलले साथ दिएको स्थानमा भने मापदण्डअनुसारको सडक बनाउने काम भएको उनले बताए । चाहेर पनि कतिपय स्थनमा मापदण्ड लागू गर्न नसकिएको उनले स्वीकारे । नगरपालिकाले कडा नियम बनाउन नसक्दा कार्यान्वयनमा कठिन भएको प्राविधिकको भनाइ छ ।

नगरभित्रकै अधिकांश ग्रामीण सडक पनि साँघुरा छन् । लोकमार्गको मूलपानीदेखि काप्रेतर्फ जाने सडक, पुरानो नगरभित्रको चक्रपथसमेत मापदण्डका छैनन् । ‘पुराना सबै साँघुरा छन्, नयाँ सडक चौडा बनाउन कसरी सकिन्छ र’ वडा नं १२ का अध्यक्ष गुरुदत्त पाठकले भने, “यिनका बजारीया सडकभन्दा हाम्रो गाउँका चौडा छन् ।” जनताको घरखेत जोखिममा पारेर भने चौडा सडक बनाएर काम नभएको उनले बताए ।

गलकोटमा पनि यो समस्या बढी छ । ताराखोला हुँदै म्याग्दीको रुमसम्म जोड्ने रणनीतिक सडकमा सूचीकृत भएर पनि सडक साँघुरै छन् । हटिया बजारदेखि हरिचौर हुँदै जाने सडकमा पुल छेवैमा साँघुरो छ । ‘बस लैजानुपरेमा पुलबाटै गाडी घुम्दैन, त्यसैले चौडा पार्न खोजेका छौं’ वडा नं ६ का अध्यक्ष नरबहादुर खत्रीले भने, “भित्री सडकभन्दा मुख्य सडक साँघुरो हुने गरी कतिपय संरचना बनेका छन् ।” पुल छेउदेखि नगरपालिका कार्यालय रहेकै फाँटमा पनि मापदण्डको ख्यालै नगरी धमाधम घर बन्न थालेको उनले बताए ।

नगरपालिकाले नक्शापास गरेर मात्रै घर बनाउन पाउने व्यवस्था गरेपनि कतिपयले घर बनाएपछि मात्रै नक्शाको खोजी गर्छन् । कतिपयले अग्ला घर बनाइरहेका छन् । ‘सडक मापदण्डबारे निर्णय भएपछि फिल्डमा केही कमजोरी छन्’ नगरप्रमुख भरत शर्मा गैरेले भने, “नियमन र मापदण्डमा कडाइ हुनेछ ।” मुख्य सडकमा मापदण्ड कडाइ गरिने उनले बताए । गाडी नै छिर्न नसक्ने गरी घर बनाउन नदिने उनले बताए । भैँसेदेखि हरिचौर आउने सडक पनि साँघुरो छ । चौँडा पार्ने काम भएको छैन । बिचबिचमा केही घर बनिसकेका छन् ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

लण्डन लगानी सम्मेलनः सन् २०३० सम्म ५ अन्तर्राष्ट्रिय विमानस्थल, १५ हजार मेघावटा बिजुली व्यवसायिक रुपमा उत्कृष्ट कृषि पशुपालन गरेका ४३ किसान पुरस्कृत विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो सरकारविरुद्ध राप्रपाको मसाल जुलुस [तस्बिरहरू] नेप्सेमा सामान्य अंकले गिरावट कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम् : राष्ट्रपति भण्डारी टिकटक बनाउने क्रममा मोटरसाइकलले ठक्कर दिँदा एक बालिका घाइते महिला हिंसा नियन्त्रणका लागि विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग बुटवलमै छ मुलुकको ठूलो जर्मन प्रविधिको विद्युत उद्योग रविको पार्टी निर्वाचन आयोगमा दर्ता चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते भारतमा संक्रमण बढ्दा पनि छैन् सीमानाकामा कडाई रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैन : आयोग पाल्पामा टिपर दुर्घटना, १ जना घाइते भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै ‘दूरसञ्चार पूर्वाधारमा दोहोरो लगानीले उपभोक्तालाई आर्थिक बोझ’ नबिल बैंकमा सीईओको कार्यभार ढुंगानाले सम्हाले पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ पोखरा महानगरले तोक्यो खुर्सानीदेखि धानसम्मको बिक्री मूल्य