६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

गण्डकी । पोखरा वृद्धाश्रममा आश्रित छ ज्येष्ठ नागरिकलाई यतिखेर एउटै चिन्ताले सताउने गरेको छ, नेपालको नागरिक नभई मरिन्छ कि भन्ने । उमेरले जीवनको उत्तरार्ध अवस्थासम्म पनि आफ्नो नाममा नागरिकता प्रमाणपत्र नहुँदा उनीहरु चिन्तित बनेका छन् । सानै उमेरमा आमाबाबु गुमाउँदा बाल्यकालदेखि अर्काका घरमा श्रमिकरुपमा काम गर्नुपरेको उनीहरु बताउँछन् । अहिले उनीहरु नागरिकताका अभावमा राज्यबाट पाउने सुविधाबाट पनि वञ्चित हुनुपरेको दुखेसो गर्छन् ।

Advertisement

वृद्धाश्रमकै सहारामा बाच्नु परेपनि कमसेकम नागरिकता लिएर आफूहरु नेपाली भएर बाच्न पाउने आशामा रहदै आएको ८० वर्षीया फुलमाया भुजेल बताउँिछन् । पोखराको नयाँ बजार घर भएकी उनको आफ्नै पीडा व्यथा छन् । राम्रोसँग बोल्न र सुन्न नसक्ने उनी झण्डै एक दशकभन्दा बढी समयदेखि पोखरा वृद्धाश्रममा बस्दै आएकी छन् ।

आफन्तले साहारा दिने कोही नभएर नै वृद्धाश्रम पुगेकी उनलाई नागरिकता नपाउँदा थप चिन्तित बनाएको छ । उनले भनीन्“ आफू नेपाली नागरिक भएर पनि नागरिक नभए जस्तो लागिरहेको छ । ”

फुलमाया जस्तै लमजुङको राइनास मोहोरीयाकोट जन्मस्थान भई घर परिवारको मायाबाट वञ्चित ७८ वर्षीय हरिबहादुर थापा विगत आठ वर्षयता सो वृद्धाश्रममा बस्दै आएका छन्। ‘बाह्र छोरा तेह्रनाति बुढाएको धोक्रो काँधै माथि’ भने जस्तै श्रीमती, एक छोरा र दुई छोरीका यी अभिभावक यतिखेर आफन्त विहीन जस्तो भएर वृद्धाश्रममा बस्न बाध्य छन् ।

आफूले सक्दो उमेरसम्म तीनै छोराछोरी र श्रीमतीको लागि भारतमा मजदुरी गरेको स्मण गर्दै उनले अहिले पक्षघात भई अशक्त भएका अवस्थामा वृद्धाश्रमको साहारा खोज्नु परेको दुःखेसो गरे । उमेर हुने अवस्थासम्म भारतको मजदुरी नै महत्वपूर्ण भयो नागरिकता बनाउने सोचनै बनेन अहिले परिवारबाट हेलत्वभएका अवस्थामा राज्यबाट पनि नागरिकता नपाएर हेपिएको महसु भएको उनले बताए ।

त्यस्तै वृद्धाश्रममा आश्रित पर्वतको देउपुरका ६० वर्षीय राम गुरुङ, नवलपुरका रामचन्द्र चाँधरी, नारायण ढकुरी, धनबहादुर गुरुङको अहिलेसम्म नागरिकता छैन । उनीहरु आश्रममा पुग्ने जोकोहीसँग पनि नागरिकता प्रमाणपत्र पाउने आशा देखाउने गरेका छन् ।

सानै उमेरमा आमाबुबा गुमाएर टुहुरा बनेको कारण आफन्तको घरमा बसेर हुर्कोका अधिकांशको नजिकैका नातेदार तथा पैत्रिक सम्पत्तिका नाममा अत्वपत्तो नभएका अस्पताल, प्रहरी र समाजका विभिन्न सङ्घ संस्थाकोमाध्यमबाट आश्रम आइपुग्ने गरेको वृद्धाश्रमको तथ्याङ्कमा उल्लेख छ ।

वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीका अनुसार जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रमुख जिल्ला अधिकारीका पहलमा यसअघि १० आमाबुबाको नागरिकताको प्रमाणपत्र बनाइएको जानकारी दिए । बाँकी छ को पनि नागरिकता निकाल्न पहल भइरहेको उनको भनाइ छ ।

“समाजका विपन्न, असहाय परिवारबाट अपहेलित ज्येठ नागरिकलाई आवासीय व्यवस्था गर्ने लक्ष्यका साथ २०५२ सालमा स्थापना गरी सञ्चालनमा आएका वृद्धाश्रममा हाल ४० ज्येष्ठ नागरिकसहित १२ सेवकसेविका गरी कूल ५२ को परिवार रहेको छ” उनले भने,“तीनै तहका सरकार, विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगबाट आश्रम यतिखेर भौतिकरुपमा सम्पन्न भए पनि दैनिकखर्च सञ्चालन गर्न भने धौधौ पर्ने गरेको छ ।”

आश्रममा अट्याज बाथरुम, चिसोतातो पानी, फिजियोथेरापी सेवा, बिरामी हुँदा औषधोपचारलगायतका विभिन्न सुविधा रहेको उल्लेख गर्दै अध्यक्ष पराजुलीले भने, “विशेष गरी जन्मोत्सव, विवाहको वार्षिकोत्सव तथा आफन्तका स्मृतिमा परिवारजनले गरिने दान तथा सहयोगले वृद्धाश्रम सञ्चालन हुँदै आएको छ । ”यसैबीच पोखरा महानगरपालिका– ९ का दीपक बाटाजु र सिर्जना बाटाजुले आप्mनो वैवाहिक स्वर्णजयन्तीका उपलक्ष्यमा रु ६ लाख ५१ हजार पाँचको अक्षयकोष स्थापना गरेका छन् ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार