ताजा अपडेट »

सनाखत गर्न ठाकुर समूहका नेताहरु पनि निर्वाचन आयोगमा

बुधबार, ०९ भदौ २०७८, १२ : २९
8 Shares

काठमाडौं । नयाँ दल दर्ताका लागि सनाखत गर्न महन्थ ठाकुर समूहका नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् ।

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।