६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा पहिलो पटक अंगुर खेतीको परिक्षण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर– ८ खानिगाउँमा ३ वर्ष अगाडी परिक्षणका लागि लगाएको अंगुरमा फल लागेको हो ।

Advertisement

कृषि क्षेत्रमा नयाँ नयाँ व्यवसायको परिक्षण आकर्षण बढ्न थालेको छ । गुल्मी जिल्लाको सरदमुकाम तम्घासमा व्यावसायिक रुपमै अंगुर खेती गर्न परिक्षण सफल भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ निवासी प्रकाश भलामीले अंगुर खेतीको परिक्षण गर्नु भएको हो । ३ वर्ष पहिले भैरहवाबाट चिनी जातको अंगुरका बिरुवा ल्याए टनेलमा लगाइएको अंगुरमा अहिले फल्न थालेको छ ।

गुल्मी जिल्ला र सदरमुकाम तम्घासमा खेती गर्न सकिने उनले बताए । कृषक भलामीका अनुसार स्वाद पनि गुलियो र झुप्पामा अंगुर लटरम्भ फलेको छ । अंगुरका बिरुवा टनेर भित्र र बाहिर फरक फरक ठाउँमा लगाएर परिक्षण गरेको उनको भनाई छ । खुल्ला ठाउँमा लगाइएका भन्दा टनेल भित्र राम्रो फलेको भलामीले बताए । भलामीले पहिलो पटक ५० किलो अंगुर उत्पादन गरेको बताए ।

केहि बिक्री गरेको र धेरै जसो हेर्न जानेहरुलाई खान दिएको उनले बताए । परिक्षणका लागि लगाएका अंगुर राम्रोसँग फलेपछि अब व्यवसायिक रुपमै नर्सरी गर्ने सोच रहेको भलामीले बताए । अंगुर खेती गुल्मी जिल्लाको लागि नौलो व्यवसाय पनि हो । गाउँघरमा केहि एक दुइवटा बोट लगाए पनि धेरै परिमाणमा भने अंगुर खेती गरेको पाइदैन् ।

बजारमा विदेशबाट ल्याएको र विषादी राखेको अंगुरको तुलनामा तम्घासमा उत्पादन भएको अंगुर फरक खालको स्वादिलो र स्वस्थकर हुने भलामीको भनाई छ । अंगुरका बिरुवा खोज्नेहरु समेत बढीरहेकाले बिरुवा बिक्री उत्पादन गरेर बेच्ने सोच बनाएको उनले बताए । हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा जेठदेखि असार महिनाभित्र अंगुरको बिरुवा रोप्न सकिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार