१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौं । गैरकानूनीरुपमा एक कम्पनीको शेयर खरिद गरेको आरोप लागेपछि नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । साधारण शेयर बिक्री गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर साउदले श्रीमतीको नाममा खरिद गरेको पाइएको छ । सो विषयमा समाचार सार्वजनिक भएपछि अर्थ मन्त्रालयले छानबिन गरिरहेको छ ।

Advertisement

“आफ्नो विषयमा विभिन्न प्रश्न उठेको र टीकाटिप्पणी भएपछि अनुसन्धानलाई सहयोग पुर्याउने ध्येयका साथ राजीनामा दिएको छु”, अर्थमन्त्रालयमा राजीनामा पत्र बुझाएर आएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत साउदले भने, “मैले नियम कानूनअनुसार नै शेयर खरिद गरेको थिए । प्रश्न उठ्यो, त्यही भएर राजीनामा दिए ।”

उनले आफ्नो कार्यकालमा नियमविपरीत कुनै पनि काम नगरेको, बरु शेयर बजारको विकास र विस्तारका लागि जिम्मेवार भएर काम गरेको दाबी गरे । उनले शेयर खरिद वैधानिक रहेको उल्लेख गर्दै भने, “नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिई आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत सङ्गठित संस्थाको शेयर बिक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ति प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशनमार्फत खरिद गरेको शेयरमा प्राप्त हकप्रद बोनसलगायत अन्य तवरले बढे बढाएको शेयर पूर्वजानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरेसरह बिक्री गर्न सकिने छ भन्ने व्यवस्था रहेको छ ।” कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको शेयर खरिद गर्न रोक नलगाएको उनको दाबी छ ।

अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानामाथि पनि छानबिन गरिरहेको छ । ढुङ्गानाले पनि छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेको छ । संसद्को अर्थ समितिले बोर्डका अध्यक्ष ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलाई कारवाही गर्न निर्देशन दिएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै