१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशको पुर्ण बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले १० बुंदे बुटवल घोषणा पत्र जारी गरेको छ । बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश अध्यक्ष खड्क बहादुर खड्काले किसानको पक्षम जनपक्षिय रुपमा लाग्ने गरी विभिन्न १० बुदे घोषणा पत्र जारी गरिएको जानकारी दिए ।

Advertisement

वर्तमान सरकारले खारेज गरेको भुमिहिन अव्यवस्थीत बासोबास समस्या समाधान आयोगको विषयमा संगठनले यसलाई यथावत राख्नको लागि माग गरेको छ । किसान, भुमिहिनहरुको पक्षमा अघिल्लो सरकारले गरेको व्यवस्थालाई वर्तमान सरकारले खारेज गरेकोमा हाल सर्वोच्च अदालतबाट अन्तरिम आदेश भएको छ । यद्यपी यसको अन्तीम फैसला भएको छैन ।

संगठनले सर्वोच्च अलालतले किसानको पक्षम फैसला गर्ने अपेक्षा व्यक्त गरेको र यदि किसानको पक्षमा नभएमा कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै उखु किसानहरुको समस्या समाधानको लागि सरकारबाट ठोस पहल नभएको भन्दै उखु किसानको बक्यौता तुरुन्त दिलाउनको लागि सम्बन्धीत सुगर मिलहरुलाई सचेत गराउने यदी माग सुनवाई नभएमा कडा आन्दोलन गर्ने चेतावनी संगठनले दिएको छ ।

महालक्ष्मी सुगर मिलको १२ करोड, लुम्बिनी सुगर मिल नवलपरासीको १ करोड ९० लाख, ईन्दीरा सुगुरमिलको २ करोड २० लाख उखु किसानले पाउनुपर्ने बक्यौता रहेको छ ।

बैठकलले नेपाल कम्युनिष्ट पार्टी एमालेको भातृ संगठनको रुपमा संगठनलाई पुर्नजागरण गर्ने निर्णय गरेको छ । संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज सांसाद कमलराज श्रेष्ठले किसान जागरण मुखपत्र प्रकाशन गर्ने देखि लिएर सदस्यता विस्तारको अभियान समेत थालनी गरिने बताए ।

उनले किसानको पक्षम जनपक्षिय काम गर्नको लागि सरकारार्ला निरन्तर दबाब दिनुको साथै किसानको समस्या समाधानका लागि सहजीकरण गरिने निर्णय गरिएको बताए ।

बैठकबाट क्रान्तिकारी भुमिसुधार लागू गर्न माग गरिएको छ भने उत्पादकत्व वृद्धि हुने खालको कृषिलाई व्यवसायीकरण गर्नमा जोड दिने निर्णय गरिएको छ ।
हाल प्रदेशमा ५० हजार किसानमा सदस्यता रहेको संगठनले यसलाई विस्तार गरी २ लाख सदस्यता विस्तार गर्ने योजना समेत बनाएको छ ।

यस्तै पुर्ण बैठकमा अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका सह ईन्चार्ज तथा पुर्व भुमि व्यवस्था तथा कृषि मन्त्री आरती पौडेल, अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशसह संयोजक जालपा भुषाल, केन्द्रीय कार्यालय सचिव सरिता भुषाल लगायतको सहभागीता थियो । प्रदेशका १२ वटा जिल्लाबाट १ सय ७ जना किसानहरुको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु