१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै तीजका भाकाहरु घन्किन थालेका छन् । विश्वव्यापी कोरोना महामारीका बीच पनि कलाकारहरुले नयाँ–नयाँ तीज भाकाले दर्शक तथा श्रोताहरुलाई मनोरञ्जन दिन सफल देखिन्छन् । सामान्य समयमा आफूले ल्याएका तीज भाकासहित स्टेजमा उत्रिने कलाकाहरु महामारीले जनजीवन प्रभावित भएपछि घर भित्रै बस्नु परेको छ।

Advertisement

बजारमा आएका नयाँ भाकाहरुले एकपछि अर्को गर्दै यूटुव टेन्डिङ्गमा परिरहेका बेला लोक गायिका विष्णु माझीको तीज भाकाले पनि चर्चा पाएको छ । हरेक वर्ष आउने तीजसँगै नेपाली दर्शक श्रोताहरुले विष्णु माझिको आवाजलाई पर्खिएका हुन्छन् । यसैगरी यो सालको तीजलाई लक्षित गरी गायिका माझीले बजारमा ल्याएको गीत ‘चरी जेलैमा’बोलको भाकाले चर्चा पाएको छ ।

यस गीतलाई स्रोता एवं दर्शकले मौलिकता बोकेको गीत भनेका छन् । तीज संस्कृतिको अन्तर्यलाई झल्काउँदै विवाहित चेलिको वेदनालाई यस गीतमा प्रस्तुत गरिएको छ । खासगरी श्रीमान खराव पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ ।‘पुतलीको भट्टी’ भाग १७ का रुपमा यस गीत ल्याईएको हो ।

यसअघि ‘पुतलीको भट्टी’ भाग १६ सम्म सार्वजनिक भईसकेको छ । सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, कोरसमा विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन् । सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ ।

गीतले यतिबेला युट्युब र टीकटकमा निकै चर्चा बटुल्दै गएको छ । ६ दिनअघि सार्वजनिक गीतलाई युट्युबमा करिब लाख पटक हेरिसकिएको छ भने युट्युबमा ८ हजार २ सय बढी प्रतिक्रिया आईसकेका छन् । अधिकांशले पछिल्लो समय नेपाली गितहरुले मौलिकता गुमाउँदै गएको भएपनि यस गितले समाजको यर्थाथतालाई चित्रण गरेको भन्दै गितको प्रशसा व्यक्त गरेका छन् । शम्भु चालिसेको छायाँकन रहेको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै