ताजा अपडेट »

एमाले स्थायी कमिटी बैठक सुरु, नेपालको साथ छोडेका नेता पनि सहभागि

मंगलबार, ०८ भदौ २०७८, १५ : ५४
4 Shares

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा भर्खरै बैठक सुरु भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

बैठकमा माधव नेपालको साथ छोडेका उपाध्यक्षत्रय भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसहित नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसल, योगेश भट्टराईलगायत पनि उपस्थित छन् । 

आजको बैठक १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन केन्द्रित हुने बताइएको छ । सोमबार उपाध्यक्ष  रावललगायतका नेता र अध्यक्ष केपी शर्मा ओलीबीच  स्थायी कमिटी बैठक गरी पार्टीलाई गतिशील बनाउने सहमति भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।