६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

काठमाडौँ । चीनले अन्तर्राष्ट्रिय समुदायलाई तालिबानमाथि प्रतिबन्ध लगाउनुको सट्टा सकारात्मक विकासमा सहयोग गर्न भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले मंगलबार भएको नियमित पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानमा शान्ति र विकासका लागि विश्व समुदायले सहयोग गर्नुपर्ने बताएको समाचार संस्था एपीले जनाएको छ।

Advertisement

‘अन्तर्राष्ट्रिय समुदायलाई सकारात्मक दिशामा अफगानिस्तानको विकासलाई प्रोत्साहन दिनु आवश्यक छ। विश्व समुदायले अफगानिस्तानको शान्तिपूर्ण पुनर्निर्माणको समर्थन गर्नुपर्छ। जनताको भलाइका लागि सुधार गर्नुपर्ने आवश्यकता छ। अफगानिस्तानको स्वतन्त्र विकासका लागि आफ्नो क्षमता बढाउन सहयोग गर्नुपर्छ’, प्रवक्ता वाङ वेनबिनले भने। प्रतिबन्ध लगाउनुका साथै हरेक मोडमा दबाब दिनाले समस्याको समाधान नहुने भन्दै उनले अन्तर्राष्ट्रिय समुदायको यस्तो कार्यले स्थिति थप जटिल हुने बताए।

तालिबानहरूले काबुल कब्जा गरेपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको पैसा रोकिदिएका छन्। अहिले पनि कतिपय पश्चिमा राष्ट्रहरूले तालिबानलाई आतंकवादी संगठनको जस्तो व्यवहार गर्छन्। संयुक्त राज्य अमेरिकासहित पश्चिमा शक्ति राष्ट्रहरूले अफगानिस्तानको राजधानी काबुलबाट आफ्ना कूटनीतिज्ञ र नागरिक फिर्ता लगिरहेको बेला चीनले भने काबुलस्थित आफ्नो राजदूतावासले सामान्य अवस्थामा झैं काम गरिरहेको जनाएको छ।

चीनले अफगानी जनताको निर्णयको आफूले सम्मान गर्ने उल्लेख गर्दै तालिबानहरूले यसअघि गरेको प्रतिवद्धताअनुसार वार्ताका माध्यमबाट खुला र समावेश सरकार बनाउने अपेक्षा व्यक्त गरेको छ। चीनको मुस्लिमबहुल प्रान्त सिन्जियाङसँग सीमा जोडिएको अफगानिस्तानमा तालिबानहरूले प्रभाव बढाउँदै लगेपछि यसअघि नै चीनले उसका अधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो। गत महिना तालिबान प्रतिनिधिहरूले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटेका थिए।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार