६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

सर्लाही । प्रदेश २ कै धार्मिक तथा पर्यटकीयस्थल नूनथर प्रदूषित बन्दै गएकोे छ । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित उक्त स्थललाई नूनथर क्षेत्र विकास समितिले नै संरक्षण, प्रवद्र्धन र सञ्चालनमा चासो नदिँदा दिनदिनै यहाँ उत्सर्जित फोहरले प्रदूषण बढाएको हो । घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक, तीर्थालु, पिकनिक मनाउनेहरूले फालेका र होटलबाट निस्कने फोहर व्यवस्थापन नगर्दा उक्त स्थानका साथै नजिकैको वाग्मती नदी पनि प्रदूषित भएको छ । अहिले नदी किनारमा प्लाष्टिकका खोल, पेय पदार्थका खाली बोतल देखिन्छन् ।

Advertisement

भगवान् शिव–पार्वतीको आस्थाको धरोहर बनेकोे नूनथर र नदीमा फोहर बढ्नु दुः खद् भएको वडा नं १ का वडाध्यक्ष वीरबहादुर राखालले बताए । रौतहट, सर्लाही, मकवानपुर र सिन्धुलीको सङ्गमस्थल यस स्थललाई प्रकृतिले नै सिँगारेकाले स्थानीयवासीका साथै छिमेकी जिल्ला र भारतबाट पनि ठूलो सङ्ख्यामा पर्यटक आउने गर्छन् । अहिले यहाँ आउने पर्यटक फोहर देखेर खिन्न हुन थालेका छन् । नूनथर उद्यानभित्र फोहर सङ्कलनका लागि केही डष्टबिन राखिए पनि त्यसको सदुपयोग भएको छैन ।

फोहर व्यवस्थापन नभए नूनथर क्षेत्रको सुन्दरतामा असर पर्नाका साथै वाग्मती सभ्यतामा पनि असर गर्ने नेपाली काँग्रेस रौतहट क्षेत्र नं ४ का सचिव विनोद गुप्ताले बताउनुभयो । यहाँको महत्व र सौन्दर्यलाई जोगाइराख्न आफूहरूले पहल गर्ने समितिका अध्यक्ष रामकुमार भट्टराईले जोड दिए । साउनमा बोलबम आउने तीर्थयात्री र आन्तरिक तथा बाह्य पर्यटक वृद्धिले सो समयमा फोहर व्यवस्थापन गर्न नसकिएकामा अब छिटृै गरिने र यसका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको उनको भनाइ थियो ।

कुहिने फोहर ठूलो खाडल खनेर जम्मा गर्ने र नकुहिने एक ठाउँमा सङ्कलन गरेर व्यवस्थापन गर्ने तयारी भइरहेको समितिका व्यवस्थापक समीर कार्कीले बताए । फोहर टिप्ने कर्मचारी राखिएको र अहिले देखिएका समस्या दीर्घकालीनरूपमा समाधानका लागि योजनाबद्ध रूपले समिति अघि बढिरहेको पनि उनको भनाइ थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार