१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो । “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ ।

हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव छ डिग्री र अधिकतम तापक्रम २४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको अधिकतम तापक्रम ३३ दशमलव सात डिग्री सेल्सियस रहेको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै