Mar 27, 2023
जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिकामा ससुरा र बुहारीको हत्या गरी गाडिएको अवस्थामा फेला परेको छ। मिथिला नगरपालिका वडा नम्बर-५ ललियामा ससुरा र बुहारीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय चेता भन्ने ५५ वर्षीय रामवृक्ष मण्डल र उनी २१ वर्षीया बुहारी अमृता मण्डलको शव गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए। मृतक महिला भागेश्वर मण्डलकी श्रीमती हुन्। प्रहरीका अनुसार अहिले शव उत्खननको कार्य भइरहेको छ।
मृतक दुवै जना बेपत्ता रहेको गाउँलेहरूले थाहा पाएपछि खोजी गर्ने क्रममा शव गाडिएको अवस्थामा शव फेला परेको हो।उनीहरूको हत्यामा आशंकामा मृतक महिलाका पति ३० वर्षीय भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।
प्रतिकृया दिनुहोस्