६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ । दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।

Advertisement

दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् । पुछारमा उर्लँदो म्याग्दी नदी, शिरानमा विशाल भिर, गाउँको पश्चिम र पूर्वतर्फ भिरालो जङ्गलबाट झरेका खहरे छहराका कारण दुधेखोलाको बस्ती जोखिममा छ । करिब ४५ घरपरिवारको बसोबास रहेको यो बस्तीलाई उचितरूपमा व्यवस्थापन नगर्ने हो भने ठूलै खतरा निम्तनसक्ने सरोकारवालाको राय रहेको छ ।

आइतबार राति आएको बाढीले स्थानीयवासी दीपा पुनको घर बगाउँदा करिब रु १७ लाख बराबरको क्षति भएको छ । राति आएको बाढीले घरमा क्षति पुर्याउन थालेपछि तीन जना परिवार राति नै घर छाडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन । बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ । स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृतावस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी बस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी नगरपालिका–३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्तीमगरले बताए । उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घरपरिवारको बसोबास छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए ।

बाढीले दुधेखोलादेखि करिब ८०० मिटरको दूरीमा रहेको बस्ती कटान गरेको छ । दुधेखोला र कोप्रेखोलाको बीचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उनले बताए । बाढीका कारण मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक अवरुद्ध छ । खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ । स्थानीयवासीलाई आउजाउ गर्न समस्या भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुनसकेको छैन ।

दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ । लेदो र ढुङ्गा नदीमा थुप्रिँदा तलाउ बनेको छ । जसले गर्दा म्याग्दी नदी पारिको बस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयवासीले बताएका छन् । स्थानीयवासीले जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

पीडित परिवारलाई खाद्यान्नलगायत राहत

दुधेखोलामा आएको बाढीले प्रभावित बनेकालाई जिल्लास्थित विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)ले बाढीपीडितका लागि राहत रकम उपलब्ध गराएका छन् भने लायन्स क्लब, ओमकुमारी शान्ति कोषलगायत सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत सामग्री उपलब्ध गराएका स्थानीयवासी तथा बेनी नगरापालिका–३ का वडा सदस्य गेमप्रसाद घर्तीले जानकारी दिए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार