१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

टिस्टुङ। दुरबिनको अभाव र जीर्ण संरचनाकैबीच मकवानपुरको थाहा नगरपालिकाले दामनस्थित दृश्यावलोकन स्तम्भ (भ्युटावर) र रिसोर्ट पुनः सञ्चालनको तयारी गरेको छ । यसका लागि नगरपालिकाले एक वर्षको ठेक्का आह्वान गरेको छ । 

Advertisement

स्थानीय तहमा जनप्रतिनिधि आउनेवित्तिकै नगरपालिकाले पहिलो वर्ष नै ठेक्का आह्वान गरी हेटौँडाको प्रकाश होटल इन्टरनेशनललाई पाँच वर्षका लागि ठेक्का दिएको थियो । सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाश इन्टरनेशनलबीचको ठेक्का सम्झौता भङ्ग भएपछि बाँकी एक वर्षका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको हो । प्रकाश होटलसँग पाँच वर्षका लागि ठेक्का सम्झौता भए पनि सो रिसोर्ट र भ्युटावर दुई वर्षदेखि बन्द छ । 

भ्युटावरमा दुरबिन राखिदिन नगरपालिकालाई पटकपटक आग्रह गरे पनिे सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटल इन्टरनेशनलले जिकिर गर्दै आएको थियो । पछिल्ला दुई वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय नै चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्युटावरबाट हात झिक्यो ।

अहिले नगरपालिकाले यथावस्थामा नै रिसोर्ट तथा भ्युटावर सञ्चालन गर्नेगरी ठेक्का आह्वान गरेको छ । न्यूनतम रु तीन लाख २० हजार कायम गरी एक वर्षका लागि रिसोर्ट तथा भ्युटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिए । 

रिसोर्ट र भ्युटावर सञ्चालनको ठेक्का पाउने व्यवसायीले भ्युटावर, किचेन, स्टोर, रेष्टुराँ र भ्युटावर अगाडिको हल मात्र प्रयोग गर्न पाउने नगरपालिकाले जनाएको छ । “यसअघि प्रयोगमा रहेका बेड रुमलज) प्रयोग गर्न नपाउनेगरी निर्णय भएको छ”, उनले भने । 

यसअघि नगरपालिकाको कुनै प्रकारको बाँकी बक्यौता रहेको व्यतिm, फर्म वा कम्पनीले बोलपत्रमा भाग लिन नपाउने सूचनामा जनाइएको छ । रिसोर्ट र भ्युटावर सञ्चालनका क्रममा विद्युत् महसुल र पानी महसुल व्यवसायीले नै बुझाउनुपर्ने तथा रिसोर्ट सुरक्षाका लागि मूलगेटमा सुरक्षा गार्डको व्यवस्था अनिवार्य रुपमा व्यवसायी स्वयम्ले नै गर्नुपर्ने नगरपालिकाले जनाएको छ । 

विसं २०२१ मा निर्माण गरिएको दामन भ्युटावर लामो समय केन्द्रीय सरकारको मातहत रहेकामा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिका मातहत आएको थियो । रासस

प्रतिकृया दिनुहोस्

Flash News

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण