१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

बुटवल । लुम्बिनी प्रदेशमा गठबन्धन दलले सरकार गठनका लागि प्रदश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्दै छन् । माओवादी केन्द्र सहितको ४ दलिय गठबन्धनले दाबी पेश गर्न अहिले विहान साढे १० बजे जाने कार्यक्रम रहेको नेपाली कांग्रेस संसदीय दलका नेता फखरुद्दिन खानले बताए ।

Advertisement

माओवादी संसदीयदलका नेता कुलप्रसाद केसी सोनामको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने गरि दाबी पेश गर्नेछन् । प्रदेश प्रमुख शेरचनले हिजो एक विज्ञप्ति जारी गर्दै आज ३ बजे सम्ममा सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरे थिए । केसीको नेतृत्वमा बन्ने सरकारले आजै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी गरेको कांग्रेस नेता खानले बताए । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक एक जना मन्त्रिमण्डलमा जाने छन् भने राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी हुने बारे आधिकारीक धारणा बनाइसकेको छैन ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार ४ दलको सिफारिसमा माओवादी केन्द्रका नेता केसी मुख्यमन्त्री हुने पक्का भएको छ । एमाले सांसद तथा एमाले नेतृत्वको सरकारका प्रवक्ता बैजनाथ चौधरीले आफूहरु प्रतिपक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखले आजै मुख्यमन्त्री नियुक्त गर्ने र आजै सपथ समेत गराउने तयारी छ । लुम्बिनी प्रदेशसभाका हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक पर्दछ । ४ दलीय गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।

यसअघि लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग गर्दै संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीना दिएका हुन् । संविधानको धारा १६८ को १ अनुसार गठन भएको सरकार विरुद्ध गठबन्धन दलहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि नेकपा एमालेले यसलाई असंवैधानिक भन्दै आएको छ । सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने भए पनि नव नियुक्त प्रदेश प्रमुख र प्रदेशसभाका सभामुखले राजनीतिक स्वार्थ अनुरुप काम गरेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा