ताजा अपडेट »

बुटवल उपमहानगरद्वारा छुट भएकाहरुलाई भेरोसेल खोप लगाइँदै

विहीबार, २८ साउन २०७८, ०८ : १९
4 Shares

बुटवल । बुटवल उपमहानगर पालिकामा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज आज लगाइँदै छ । बुटवलको कान्ति मा.विमा सबै वडाका नागरिकका लागि भेरोसेल दोस्रो डोज लगाउन छुटेका सबै नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको उपमहानगरको शिक्षा तथा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

यही साउन २५ र २६ गते कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइएकोमा छुट भएका नागरिकहरुलाई पुनः आज लगाउने कार्यक्रम राखिएको हो । विहान १० बजेदेखि सुरु हुने खोप कार्यक्रममा पहिलो मात्रा लगाएको खोप कार्ड साथमा लिएर आउनु पर्ने तथा सबै प्रकारका स्वास्थ्य मापदण्ड पालना गर्न महाशाखाले आह्वान गरेको छ । कोरोना पाजेटिभ भएको ४० दिनसम्म यो खोप लगाउन हुँदैन ।

बुटवल उपमहानगर बाहेक अन्य पालिका तथा जिल्लाहरुमा यसअघि भेरोसेलको पहिलो मात्रा लगाइसकेको तथा दोस्रो डोज लगाउन बाँकी रहेकाहरुलाई समेत उपलब्धताका आधारमा लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।