६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनजातिको जनसङ्ख्याका आधारमा पार्टीमा उनीहरुको प्रतिनिधित्व हुने बताएका छन् । आदिवासी जनजाति केन्द्रीय विभागद्वारा आज कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहमहामन्त्री डा. महतले भने, “नेपालमा आदिवासी जनजातिको अलग्गै र विशिष्ट पहिचान छ, उनीहरुको उत्थानबिना देशको विकास असम्भव छ ।”

सहमहामन्त्री डा. महतले कांग्रेसले आदिवासीका समस्या र देशमा आदिवासी जनजातिको हितका पक्षमा काम गरिरहेको बताए । उनले कांग्रेसको सरकारकै नेतृत्वमा निर्माण भएको देशको वर्तमान संविधानमा समावेशी सिद्धान्तबमोजिम नै महिला, आदिवासी जनजाति, दलितलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको पनि बताए ।

सहमहामन्त्री डा. महतले सम्पूर्ण आदिवासी जनजाति कांग्रेसको समावेशी नीति र कार्यक्रमलाई जनताका सामु लैजानुपर्ने बताए । उनले कांग्रेसले नै देशका प्रमुख राजनीतिक परिवर्तनहरुको नेतृत्व गरेको र त्यसमा देशका आदिवासी, जनजाति एवं दलितलगायतका देशका समग्र समुदायले कांग्रेसलाई साथ दिएको स्मरण पनि गरे । उनले नेकपाको सरकारको गैरजिम्मेवार कार्यका कारण वर्तमान सरकार निर्माण भएको भन्दै यो सरकारले जनताको हितमा काम गर्ने बताए ।रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार