ताजा अपडेट »

घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंकबीच सम्झौता

बुधबार, २७ साउन २०७८, १५ : ५१
8 Shares

काठमाडौ । लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गरे। सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पुर्याउन सहज हुने बताए भने बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गरे। महासङ्घ र बैंकबीच भएको सम्झौताअनुसार १० किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिनेछ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।