१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको अन्तिम मन्त्रीपरिषद बैठकले विभिन्न ७ निर्णय गर्दै विदा लिएको छ । आज विहान बसेको मन्त्रीपरिषद बैठकले कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा रहेर काम गरेका कर्मचारीहरुलाई खोजिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका विभिनन ३ वटा प्रस्तावहरु बारे निर्णय गर्दै सरकारले आइसोलेसन अस्पतालहरुको अस्थायी दरबन्दी स्वीकृत गरी कार्यरत जनशक्तिहरुको म्याद समेत थप गर्ने निर्णय गरेको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाललाई स्थानन्तरण गरी अस्पतालका रेडियोलोजिस्ट प्रमुखको जिम्मवारी दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठकमा भएका निर्णयहरु बारे जानकारी गराउँदै प्रवक्ता बैजनाथ चौधरीले सो बारे जानकारी गराएका हुन् । यसै बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले अस्पतालमा यसअघि नै चर्चामा रहेका ईन्द्र ढकाल मेसुको रुपमा नियुक्त हुने उल्लेख गरे ।

मुख्यमन्त्री पोखरेल नेतृत्वको अन्तिम मन्त्रिपरिषद बैठकले प्रदेश विपद व्यवस्थापन कार्य सञ्चालन (दोस्रो संशोधन) निर्देशिका २०७८ लाई स्कीकृत गरेको छ । बैठकले प्रदेश खेलकुद परिषद्को सदस्य मनोनयन गर्ने तथा आर्थिक वर्ष २०७८/७९ मा उद्योगाहरुको दर्ता दस्तुरमा पूर्ण छुट प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री पोखरेलले आज विहान लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामापत्र दिएका दिए । विपक्षी गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी (केन्द्र), जनतासमाजवादी पार्टी तथा जनमोर्चाको समावेदन अनुसार प्रदेश प्रमुखले अविश्वासको प्रस्तावमाथि छलफलका लागि विशेष अधिवेशनको आह्वान गरेपछि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुखले असंवैधानिक रुपमा विशेष अधिवेशनको आह्वान गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको नेकपा एमाले नेतृत्वको सरकारले संसदमा आफ्नो बहुमत नपुग्ने देखेपछि राजीनामा दिएको हो । विशेष अधिवेशन बारेको मुद्दा सर्वोच्चमा अल्झिएपछि निर्णय पर्खेर बसेको एमालेले अन्तिममा उसको साथ नपाउने देखेपछि राजीनामा दिएको छ । मुलुक संघीय प्रणालीमा गएपछि लुम्बिनीमा पोखरेल नेतृत्वमा बनेको सरकारले ३ वर्ष ५ महिना २४ दिन नेतृत्व गरेको छ ।

प्रदेशप्रमुख र सभामुखको भूमिकाप्रति आपत्ति
राजीनामा बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बैजनाथ चौधरीले लुम्बिनी प्रदेशका सभामुख तथा प्रदेश प्रमुखको भूमिकाप्रति प्रश्न उठाएका छन् । प्रदेश प्रमुखले संविधानको धारा १६८ को १ अनुसार बनेको सरकार विरुद्ध संविधान मिचेर अविश्वास प्रस्तावका लागि विशेष अधिवेशन डाक्नु गलत भएको उल्लेख गरे । संविधान अनुसार सरकार गठन भएको २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने व्यवस्था भएपनि प्रदेश प्रमुखले राजनीतिक स्वार्थमा विशेष अधिवेशन आह्वान गरेको उनको आरोप छ ।

यसैगरी लुम्बिनी प्रदेश सभाको भूमिकाप्रति पनि एमालले असन्तुष्टि जनाएको छ । सभामुखले दलभित्रको आन्तरिक विवादमा खेल्ने प्रयास गरेको बताउँदै एमाले नेता चौधरीले सभामुख जस्तो साझा व्यक्तिले राजनीतिक स्वार्थमा लाग्नु गलत भएको उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु