ताजा अपडेट »

कुलमानले पुनः सम्हाले विद्युत प्राधिकरणको जिम्मेवारी

बुधबार, २७ साउन २०७८, १४ : ४३
4 Shares

बुटवल । नवनियुक्त नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसिङले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । यस अगाडि महाप्रबन्धकको जिम्मेवारीमा रहँदा मुलुकलाई लोडसेडिङमुक्त बनाएका थिए । दैनिक १८ घण्टासम्म लोडसेडिङलाई हटाई लोडसेडिङमुक्त बनाएका उनको कार्यक्षमताको उच्च प्रशंसा भएको थियो ।

गत वर्ष पहिलो कार्यकाल समाप्त भएका घिसिङलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुर्ननियुक्ति दिएको थिएन । उनलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारको मन्त्रीपरिषद्ले मंगलबार पुनः नियुक्ति दिएको हो ।

https://www.globalaawaj.com/archives/128276
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।