९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

जाजरकोट । मकैको घोगामा दाना नलागेपछि भेरी नगरपालिका–२ का किसान मर्कामा परेका छन् । भेरी नगरपालिका–२ को बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानीलगायत क्षेत्रमा लगाइएको मकैमा दाना लागेको छैन । दाना नलाग्दा रु २० लाखभन्दा बढी नोक्सान भएको किसानको गुनासो छ । “बोटमा रहरलाग्दो मकैको घोगा भयो तर, घोगामा एउटा पनि दाना लागेन”, किसानहरु भन्छन् “मकै भित्र्याउने बेला हुन लाग्दा समेत दाना नभएपछि बोट फाँडेर गाईबस्तुलाई खुवाउनुको विकल्प देखिएन ।”

Advertisement

कृषि विकास कार्यालयको अनुदानमा लगाएको मकैबालीमा घोगा नलागेको किसानको भनाइ छ । करिब रु २० लाख बराबरको अनुदान सहयोग लिएका बाहुनथाना, रिसाङ, पोख्रा, पुरानो रिसाङ, दारा र तातोपानी क्षेत्रका सहकारी र कृषक समूहले लगाएको मकैमा घोेगा नलाग्दा मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाएको किसान विर्खबहादुर कार्कीले बताए ।

मकैको ब्लक क्षेत्रमा वितरण गरिएको रु २० लाख बराबरको अनुदान रकममध्ये समूहलाई रु तीन लाख ५० हजार, व्यक्तिगत फारमलाई रु ५० हजार र सहकारीलाई रु ६ लाखका दरले वितरण गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सो अनुदान रकममा किसान समूह र सहकारीले समेत ५० प्रतिशत आफ्नो तर्फबाट जम्मा गरेका थिए ।

मकैको मूल बीउ दैलेखबाट ल्याएको र उन्नत बीउ रेडपाण्डा सहकारी संस्था भेरी –२ तिलिङगेबाट ल्याएको कार्कीले बताए । मूल बीउ एक सय र उन्नत बीउ ५२० किलोग्राम खरिद गरेर ८५ जना किसानलाई सानो चौतारी सहकारी संस्थाले वितरण गरिएको उनले बताए । अनुदान रकम पाएर उन्नत बीउ र मूल बीउको नाममा लगाएका अधिकांश ठाउँमा दाना नलाग्ने समस्या आएको बताइएको छ । बीउ दैलेख नार्कले उत्पादन गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी टोपेन्द्र विकले बताए ।

घोगामा दाना नलागेपछि किसानहरुले मकैको बोट फाँडेर गाईबस्तुलाई खुवाउन थालेको र त्यसपछि सो खेतलाई जोतेर अर्को बाली लगाउने तयारी गरेको स्थानीयवासी बताउँछन् । कृषि प्राविधिकको परामर्श अनुसार भिटामिन, मल, कीटनाशक औषधीको प्रयोग गर्नुका साथै आवश्यक सिञ्चाइको समेत प्रबन्ध गरिएको किसानहरु बताउँछन् । मकैमा दाना नलागेको गुनासो आएको जिल्ला कृषि कार्यालयले जनाएको छ । दाना नलाग्नुका खास कारण के हो अनुसन्धान नगरी भन्न नसकिने सूचना अधिकारी विकले बताए । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो