९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् ।

Advertisement

प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएको हुन् । मुख्यमन्त्री पोखरले राजीनामाको पत्र लिएर प्रदेश प्रमुखको कार्यालयमा गएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने वा राजीनामा दिने निर्णय गर्ने अधिकार मुख्यमन्त्री शंकर पोखरेललाई थियो । बुधबार विहान मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा बसेको बैठकले निर्णय गर्ने सबै अधिकार मुख्यमन्त्री पोखरलाई दिने निर्णय गरेको थियो ।

८० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेका छन् । मुख्यमन्त्री पोखरेलाई नेकपा एमालेका ३८ जना सांसदको मात्रै समर्थन रहेको थियो भने विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादीका १८ सभामुख बाहेक, जनता समाजवादी पार्टीका ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने