९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

काठमाडौँ । मिडिया रिपोर्टका अनुसार पछिल्लो समय क्रिस्टियानो रोनाल्डो युभेन्टस्मा खुसी छैनन् । युभेन्टस्मा उनको सम्झौता सकिन एक वर्ष मात्रै बाँकी छ र नयाँ सम्झौता भएको छैन । उनी अन्यत्र क्लबमा जानेबारे सोचिरहेका थिए ।

Advertisement

र, अहिलेको अवस्थामा उनको महंगो तलब व्यहोर्ने सामर्थ्य पेरिस सेन्ट जर्माइनले मात्रै राख्छ । तर, लियोनल मेस्सीले अचानक बार्सिलोना छाडे । अनि, पिएसजीले उनीसँग अनुबन्ध सम्झौताका लागि हात बढायो र दुई वर्षको सम्झौता भयो । यस्तो अवस्था आउँछ भन्ने कल्पना थोरैलाई थियो ।

बरु, युभेन्टस्मा खुसी हुन नसकेका ३६ वर्षीय रोनाल्डो पिएसजी जान्छन् भन्ने चर्चा धेरै थियो । रियल म्याड्रिडले पिएसजीका २२ वर्षीय स्टार कालियन एमबाप्पेमा आँखा लगाइरहेको छ । तर, यो स्थानान्तरण सम्झौता सम्भव भएपनि रोनाल्डो क्लबमा आउनसक्ने अवस्था छैन । किनकी, पहिल्यै नेइमारलाई महङ्गो तलब खुवाइरहेको पिएसजीले अब मेस्सीलाई उनीभन्दा धेरै तलब दिने सम्झौता गरिसकेको छ र यो सूचीमा रोनाल्डोको नाम थप्न पक्कै पनि क्लब चाहँदैन ।

त्यहीकारण मेस्सी र रोनाल्डोले एउटै क्लबबाट खेलेको हेर्न चाहने समर्थकहरूको चाहना पूरा हुने छाँट देखिएको छैन । युभेन्टस् छाडेर जाने सोच बनाएका रोनाल्डो यस्तो परिस्थितिले केही निराश भएको हुनसक्ने समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेको छ ।

लियोनार्डो बोनुक्कीले गरेको खण्डन

तर, युभेन्टस्मा रोनाल्डोसँगै खेल्ने लियोनार्डो बोनुक्कीले यो विषयले रोनाल्डोको भविष्यमा केही फरक नपार्ने बताएका छन् । ‘मलाई लाग्छ यदी मेस्सी पिएसजी नगएको भएपनि रोनाल्डो युभेन्टस्मै बस्ने थिए, बोनुक्कीले भनेका छन्, ‘हाम्रा लागि उनी एडेड भ्यालु हुन् । र, उनले हाम्रो लक्ष्य पछ्याउने क्रममा विगत वर्षहरुमा झैं राम्रो खेल्नेछन् भन्नेमा म ढुक्क छु ।’ इटलीलाई युरो २०२० जिताएका बोनुक्कीले यस सिजन इटालियन सिरिए जित्नु नै क्लबको प्रमुख लक्ष्य रहेको बताएका छन् ।-एजेन्सी

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने