९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

इनरुवा । सुनसरीको धरान–२ स्थित घण्टाघरको पछाडि गए राति भीषण आगलागी भएको छ । स्थानीयवासी सुरेन्द्र राईको घरमा आगलागी भएको हो । आगलागीका कारणले राईको घरमा भाडा लिएर व्यवसाय गर्दै आएका चार जनाको आठवटा पसल जलेर नष्ट भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

आगलागीमा परेर खुसी मगरको कस्मेटिक तथा रेडिमेड कपडा पसल, मनिता साहको रेडिमेड कपडा पसल, सति राईको कस्मेटिक तथा रेडिमेड कपडा पसल, कोपिला श्रेष्ठको कस्मेटिक तथा रेडिमेड कपडा पसल र विनय लिम्बूको होटल पूर्णरूपले जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । आगलागीका कारण र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धरान उपमहानगरपालिकाबाट गएको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने