१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । लुम्बिनी प्रदेशको सत्ताको बागडोरको विषय चरम उत्कर्षमा पुगेको छ । सत्तारुढको अन्तिम प्रयास जारी भइरहँदा विपक्षीको निर्णायक तयारी पनि अन्तिम अवस्थामा आएको छ । बुधबार बस्ने प्रदेश सभा बैठकले सत्तारुढ दलको निरन्तरता वा विपक्षी गठबन्धको सरकारमा एक हुँदैछ । सकेसम्म वैठक छल्ने वा वैठक भए बहुमत देखाएर सत्ता टिकाउने पहलमा सत्तारुढ नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री शंकर पोखरेलको जोड छ ।

त्यसैगरी माओवादी, नेपाली कांग्रेस,जसपा लगाएतको गठबन्धन भने पोखरेल नेतृत्वका सरकार ढलाएर माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार बनाउन जोड-तोडले लागेको छ । यसै सन्दर्भमा प्रदेश प्रमुखले आह्वान गरेको बुधबारको बैठकका लागि माओवादी सांसदहरु रिसोर्ट नै बुक गरेर एकिकृत भएका छन् । उनीहरु सोमबारदेखि कपिलस्तुको राजापनाी स्थित एक रिसोर्टमा बस्दै आएका छन् । त्यहाँबाट चिया गफ भन्दै महिला सांसदहरुले तस्वीर सार्वजनिक पनि गरेका छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएसंगै सांसदहरु अपहरणमा परेका घटना आईरहँदा नेकपा माओवादी केन्द्रका र बुटवल पश्चिमका विपक्षी गठबन्धनका सांसद जम्मा भएका हुन्। भोलि बुधबार हुने बैठकमा अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकाले आगामी रणनीति बनाउन उनीहरु जम्मा भएका छन्। दामा शर्माले सामाजिक सञ्जालमा महिला सांसदहरु बसेको तस्बीर सार्वजनिक गरेकी हुन् । तस्बीरमा दामा शर्मा, बिमला वलीखत्री, गिता थापा लगायत रहेका छन्। दामा शर्माले भने आफूहरु रिसाेर्टमै नभएकाे तर,आस-पासमै रहेकाे प्रतिक्रिया दिइन् । उनले फोटोकाे बारेमा चिया गफमा बिहान बसेकाे बेला तस्वीर खिचेकाे तर ढिलाे पाेष्टाएकाे बताइन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ