१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट एकैदिनमा थप २८ हजार २०४ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले दिएको जानकारीअनुसार गत १४७ दिनयता एकै दिनमा सङ्क्रमित भएका यो सबभन्दा कम संख्या हो । अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशः कम हुँदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड १९ लाख ९८ हजार १५८ पुगेको अधिकारीले सोमबार जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८८ हजार ५०८ रहेको छ । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या घटेको छ । थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४१ लाख ५११ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड ११ लाख ८० हजार ९६८ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो । भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३३७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २८ हजार ६८२ पुगेको छ । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप