१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

टीकापुर । कैलालीको जानकी गाउँपालिकाले पालिकाका सबै वडामा स्वास्थ्य संस्था स्थापनामा जोड दिएको छ । गाउँपालिकाका वडा नं २ र ५ मा मात्रै स्वास्थ्य संस्था स्थापना हुन बाँकी छन् । स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले वडा नं २ र ५ का भवन यही साउन मसान्तसम्म सम्पन्न हुने जानकारी दिए । “अहिले पालिकामा स्वास्थ्य संस्थाको सङ्ख्या आठ पुगेको छ । ”, उनले भने “घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने लक्ष्य हो । त्यहीअनुरुप काम गरिरहेका छौँ । स्वास्थ्य नागरिकको पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।”

Advertisement

गाउँपालिकामा स्वास्थ्यचौकीको सङ्ख्या चार, सामुदायिक स्वास्थ्य एकाइ एक, आधारभूत स्वास्थ्य केन्द्र तीन स्थापना भइसकेका छन् । गत सातामात्रै जानकी–९ बक्लौहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनबाट सेवा शुभारम्भ गरिएको थियो । भवनमा प्रसूति गृह, उपचारकक्ष छन् । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनले नागरिकमा आधारभूत स्वास्थ्य सेवामा पहुँच हुने बताए । “गाउँपालिकामा स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन अस्पताल निर्माणको प्रक्रियालाई समेत अगाडि सारेका छौँ”, उनले भने, “नागरिकलाई आवश्यक स्वास्थ्य सेवा स्थानीयस्तरमै दिने उद्देश्य हो । सामान्य बिरामी हुँदा पनि उपचारका लागि बाहिर जान नपरोस् ।”

उपाध्यक्ष उमा महतोले प्रसूतिगृह निर्माण भएकाले प्रसूति सेवा गाउँमै पाउने बताए । “प्रसूति सेवा लिन टीकापुर अस्पताल वा अन्य स्वास्थ्यचौकी जाने गरेका थिए”, उनले भने “अब तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गाउँमै सेवा पाउँछन् ।” जानकी–९ का वडाध्यक्ष खगेन्द्र भण्डारीले गाउँमै सेवा पाएपछि स्थानीयवासी खुशी भएका बताउनुभयो । “विगतमा स्वास्थ्य सेव लिन टाढा पथरैया स्वास्थ्यचौकी वा टीकापुर अस्पताल जानुपर्ने बाध्यता थियो, अब नागरिकले गाउँमै उपचार पाउँछन्”, उनी भन्छन् “स्वास्थ्य पहिलो आधार हो । हामीले स्वास्थ्यलाई प्राथमिकता दिएर आउँदा दिनमा पनि काम गर्नेछौँ ।”

कैलालीका अन्य पालिकाले पनि गाउँगाउँमा स्वास्थ्य संस्था स्थापनालाई प्राथमिकता दिएर काम गरिरहेका छन् । टीकापुर नगरपालिकाले गत वर्ष नै सबै वडामा स्वास्थ्य संस्था स्थापना गरी सेवा दिइरहेको छ । “हामीले सबै वडामा आफ्नै भवनसहितका स्वास्थ्य संस्था स्थापना गरेका छौँ, नागरिक जटिल समस्या वा विशेषज्ञको सेवा लिनमात्र टीकापुर अस्पताल आउने गरेका छन्”, स्वास्थ्य शाखा संयोजक रावलले भने, “आउँदा दिनमा थप पूर्वाधार र जनशक्तिको व्यवस्था गरी थप सेवा विस्तार गर्ने योजना छ ।” भजनी र जोशीपुर गाउँपालिकाले पनि वडास्तरमा स्वास्थ्य सेवा विस्तारलाई प्राथमिकता दिएका छन् । अझ कोरोना महामारीपछि स्थानीय तहले स्वास्थ्य पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छन् । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ