१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थविद्हरूको विज्ञतालाई अर्थ मन्त्रालयसँग जोड्ने संयन्त्र जरुरी रहेको बताएका छन् । नेपाल आर्थिक सङ्घले आज अर्थमन्त्रीलाई सङ्घको मानार्थ सदस्यता प्रदान गर्नका लागि आयोजित कार्यक्रममा विषय विज्ञतालाई मुलुकको हितसँग जोड्ने संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

मन्त्री शर्माले देशको अर्थतन्त्र हाक्न अर्थ मन्त्रालय वा सरकार मात्र पर्याप्त नहुने भन्दै विषय विज्ञको ज्ञान र अनुभवलाई निरन्तर जोड्ने खालका कुनै न कुनै संयन्त्र आवश्यक भएको बताए । आफूले यस विषयमा योजना बनाइरहेको उनले जानकारी दिए । अर्थ सचिव मधुकुमार मरासिनीले हामी नै जान्ने हौँ भन्ने घमण्ड कर्मचारीमा पलाउन सक्नेतर्फ सचेत रहेको भन्दै आफूले त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले कुनै नीति र योजना तय गर्दा विज्ञको ज्ञान र अनुभव समेटेर अघि बढ्ने बताए ।

नेपाल आर्थिक सङ्घका अध्यक्ष प्राध्यापक विश्वम्भर प्याकुरेलले देशको आर्थिक नीति निर्माणमा आफूहरूले अर्थ मन्त्रालयलाई सघाउँदै आएको प्रसङ्ग उल्लेख गर्दै आगामी दिनमा पनि सो क्रम जारी रहने बचन दिए । अर्थविद् डा भवानी ढुङ्गाना, डा शिवराज अधिकारी, गोपाल तिवारीलगायतले नयाँ सरकारसँग काम गर्नको लागि पर्याप्त समय नरहेको भन्दै जनतालाई प्रत्यक्ष फाइदा पुग्ने खालका ससाना र थोरै कार्यक्रम अघि सार्न सुझाव दिए । उनीहरुले सरकारले विभिन्न समयमा अनुसन्धान गराउने गरेको भए पनि अध्ययन प्रतिवेदन पुस्तकालयमा थन्काउने गरिएको गुनासो गरे । रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ