१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा आज उछाल देखिएको छ । कारोबार रकम रु १४ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २।०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लेको छ ।

Advertisement

कूल २२५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको शेयरमा उछाल आएको छ । सो उपसमूहको शेयर ११९.५७ बिन्दुले बढेको छ । यस्तै, वित्त ९०.९१, निर्जीवन बीमा ३९, अन्य ८.४१, जीवन बीमा ४८.४ बिन्दुले सुधार आएको छ ।

बैंकिङ १२.०८, व्यापार ४३.८३, होटल तथा पर्यटन ३७.६६, विकास बैंक ५३.१२, उत्पादन ५५.८२, लघुवित्त ५५.४४, सामूूहिक लगानी कोष ०.०६ र लगानी ०.६४ बिन्दुले घटेको छ । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६७ करोड ४८ लाख ५५ हजार ८६० बराबरको कारोबार भयो । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु ५८ करोड ९९ लाख ३९ हजार ५७०, अपि पावर कम्पनी रु ५३ करोड ८० लाख ६० हजार ५१३, सिनर्जी हाइड्रोपावर रु ५० करोड ४५ लाख ३५ हजार ३८२ र युनाइटेड मोदी रु ४५ करोड ९० लाख ५७ हजार ८५७ बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

आठ कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार सोमबारको कारोबारमा आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइसिएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

एसबिएल डिवेञ्चर ३.९६, माछापुच्छ्रे बैंकको ऋणपत्र ३.९२, कर्णाली डेभलपमेन्ट बैंक ३.८७, सारथी नेपाल लघुवित्त ३.३७ र नेरुडे लघुवित्तका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ४० अर्ब १३ करोड ४९ लाख २३ हजार ६३४ बराबर पुगेको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप