१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

दाङ । दाङमा खोलाले बगाउँदा आमा छोरोको मृत्यु भएको छ । सोमबार दिउँसो ग्वारखोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका ४ सिम्लेनीका ३६ वर्षीया अमृता घर्ती र उनको २ वर्षीय छोरा रुद्र घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। तुलसीपुर १९ पतेनीमा माइत जाने क्रममा दिउँसो करिब २ बजेतिर ग्वारखोलाले बगाउँदा आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । 

त्यस्तै तुलसीपुरको पातुखोलामा एक पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर ८ टिकरीका ४५ वर्षीय चुलुवा चौधरी पातुखोलामा मृत फेला परेका हुन् । चौधरी गएराती पातुखोलामा नुहाउन गएका थिए । नुहाउन गएको ठाउँभन्दा करिब १ सय ५० मिटर दक्षिण तर्फ उनको शव राती नै फेला परेको थियो । नुहाउने क्रममा पातुखोलामा आएको बाढीले बगाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । मृतक चौधरीको शवलाई पोस्टमार्टम पछि आफन्तीले बुझिलिएको प्रहरीले जनाएको छ । घटनाको बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित)