९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

गण्डकी । राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका–३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा अमला, बडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपतिलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको हो ।

Advertisement

पोखरा महानगरपालिका– ३० का वडाध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । वृक्षरोपण गर्नु आफैमा महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले बिरुवा रोप्नका लागि मात्र नभइ संरक्षण र त्यसबाट उपलब्धि प्राप्त गर्नुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य हरिप्रसाद बाँस्तोलाले समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधिसहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वनबाट समृद्धि प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वनमा हुने विकास निर्माणमा वन समूहको अधिकार सुनिश्चित् हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय गौरवको प्राणी उद्यान केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्न वन समूहबीच समन्वय एवं सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । १५ हेक्टर क्षेत्रफलमा फैलिएको सो सामुदायिक वनमा कूल ३२० घरपरिवार उपभोक्ता रहेको समूहका अध्यक्ष दुर्गादत्त भुर्तेलले जानकारी दिए । वन समूहको खासै आम्दानी नभएको र उपभोक्ताले वार्षिक सदस्यता नवीकरण गरेको शुल्कबाट मासिक पाँच हजार पारिश्रमिक दिएर एक जना हेरालोसमेत राखिएको उनको भनाइ छ ।

पचभैया समुदायिक वन समूहका अध्यक्ष दिननाथ ढकाल, सव डिभिजन वन कार्यालय लेखनाथका सहायक वन अधिकृत रामबहादुर विश्वकर्मा, समूहका उपाध्यक्ष तारानाथ तिवारी, सचिव सीता सापकोटालगायतले वृक्षरोपणको महत्व र संरक्षण, प्रवद्र्धन एवं उपयोगका बारेमा चर्चा गरे । तीनै तहका सरकारको सहयोगमा चापापानी चिसाकुना, पचभैया र चैनपुरसहित तीन वटा सामुदायिक वन क्षेत्रलाई समेटेर प्राणी उद्यान केन्दको रुपमा विकास गरिँदै आएको छ । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने