ताजा अपडेट »

रोटरी भैरहवा अध्यक्षमा आचार्य

सोमबार, २५ साउन २०७८, १६ : १७
4 Shares

बुटवल । रोटरी क्लव अफ भैरहवामा नयाँ कार्यसमिति चयन भएको छ। भैरहवामा सम्पन्न अधिबेशनबाट चक्रमणी आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। क्लवको निर्वतमान अध्यक्षमा शिवहरी शर्मा, प्रेसिडण्ट ईलेक्टमा पवन पौडेल, नोमिनी प्रेसिडण्टमा उमेश चन्द्र आचार्य चयन भएका छन्।

यस्तै क्लवको भ्वाईस प्रेसिडण्ट फस्र्टमा सगम न्यौपाने, भ्वाईस प्रेसिडेन्ट सेकेन्डमा कमल कोइराला, सचिवमा साजन जग राणा, कोषाध्यक्षमा राजु न्यौपाने, सहसचिवमा सुदर्शन पन्त, सह कोषाध्यक्षमा राजु श्रेष्ठ, क्लब एडमिनिष्ट्रेशनमा श्याम क्षेत्री, मेम्बरसिप चेयरमा सन्तोष शुक्ला, पब्लिक रिलेसन चेयरमा राम प्रसाद पन्थी, टीआरएफ चेयरमा राज कुमार बि.क., सर्विस प्रोजेक्ट चेयरमा अरुण आचार्य, सर्जन एट आम्र्समा कुन्दन बज्राचार्य चयन भएका छन्।

क्वलले एक कार्यक्रमका बिचमा नयाँ कार्यसमितिलाई पदस्थापन समेत गरिएको छ। पदस्थापनमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर सतोष प्रसाद रिजालले अध्यक्ष आचार्यलाई सपथ ग्रहण गराएका हुन्। त्यसलगत्तै अध्यक्ष आचार्यले क्लबका अन्य पदाधिकारी लाई सपथ ग्रहण गराएका थिए।

कार्यक्रममा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का गभर्नर सतोष प्रसाद रिजालले रोटरीले समाजमा साँच्चिकै प्रभाव पार्ने काम गरेर देखाउनु पर्ने बताए। गर्भनर रिजालले रोटरीले सामाजिक क्षेत्रमा गरेको लगानी र विकासले यसको गरिमा र महत्वलाई उजागर गरेको भन्दै क्लबले अब रोटरी इन्टरनेशनलको ग्लोबल ग्रान्डका लागि केन्द्रीत भएर काम गर्न सुझाव दिए।

क्लबका जिएस आर एजाज आलमले समाजको आवश्यकता अनुसार काम गर्दा सफल हुने बताए। रोटरी क्लब अफ भैरहवाले शिक्षा, स्वास्थ्य, खेलकुद, तथा सामाजिक क्षेत्रमा अग्रणी भूमिका खेलेको बताउदै अब नया क्लब खोल्न जिएस आर आलमले आग्रह गरे।क्लब अध्यक्ष आचार्यले क्लबले गर्दे आएका पुराना कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। आचार्यले इन्टरनेशनल ग्लोबल ग्रान्ड प्रोजेक्ट ल्याउन पहल गर्ने बताउदै यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा सँस्थापक अध्यक्ष राज कुमार गुप्ता, क्लबका पुर्व अध्यक्ष सजिव शर्मा रेग्मी, क्लबका एजी भगवती पाण्डे, रोट्रयाक्ट क्लब अफ भैरहवाका अध्यक्ष लक्ष्मण रेग्मी ,रोटरी क्लब अफ पाल्पा लुम्बिनी अध्यक्ष तारा रायमाझी पोखरेल, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय लुम्बिनी प्रदेश सयोजक प्रेम नारायण न्यौपाने, रोटरी क्लब अफ सेन्टर बुटवल, अध्यक्ष होम राज वस्याल, लगायत ले बोल्दै समाज रुपान्तरणका लागि रोटरीयनहरुको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुले नयाँ नयाँ परियोजना ल्याउन र विकासको योजना बनाउन समेत आग्रह गरे।

कार्यक्रम सचिव साजन जग राणाको सचालन तथा क्लबका इलेक्ट प्र्रेसिडेन्ट पवन पौडेलको स्वागत, प्रेसिडेन्ड नोमिनी उमेश चन्द्र आचार्यको धन्यबादमा सम्पन्न भएको थियो ।संस्थाले स्थापनाको पाँचौ वर्षको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लब अफ भैरहवा र रोट्याक्ट क्लब अफ भैरहवाको संयुक्त आयोजना मा वृक्षरोपण सम्पन्न भएको हो ।रोटरी क्लबको वार्षिक कार्ययोजना अन्तर्गत वृक्षरोपण गरिएको क्लबले जनाएको छ । बढ्दै गएको पर्यावरण असन्तुलन लाई रोक्न रोटरी इन्टरनेशनलले यसवर्ष हरेक क्लबलाई कम्तिमा ५ सय विरुवा रोप्न आग्रह गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।