२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

फाइल तस्वीर


काठमाडाैं। सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल सो अस्पतालमा बेडभन्दा बढी बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आएको बताए । सो अस्पतालमा कोरोना संक्रमितका लागि १ सय ९० बेड छुट्याइएको छ । उनले नयाँ बिरामी आएको अवस्थामा फर्काेउनुपर्ने अवस्था आएको जनाए । कोरोना संक्रमणको दोस्रो लहरका बेला सो अस्पतालले २ सय ८० भन्दा बढी बेड खडा गरेर उपचार गरेको थियो ।

Advertisement

‘संक्रमित भएर आउनेको संख्या बढ्दै गएको छ, जता सकिन्छ त्यतै बिरामी राखेर उपचार गरिरहेका छौं,’ डा. नेपालले भने, ‘अहिले नै यस्तो स्थिति छ । तेस्रो लहर आएमा थप कठिन हुने हामीहरूको विश्लेषण छ ।’

त्यसो त स्वास्थ्य मन्त्रालयले आगामी १५ असोजदेखि तेस्रो लहर आउन सक्ने आँकलन गरिसकेको छ । कोरोनाविरुद्धको प्रतिकार्यका लागि साउनदेखि जारी गरेको पाँचमहिने द्रुत कार्ययोजनामा सो कार्य उल्लेख छ । कार्ययोजनामा अबको ५ महिनामा थप १ लाख ९३ हजार संक्रमित हुन सक्ने मन्त्रालयको प्रक्षेपण छ । त्यसमध्ये ३८ हजार ७ सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गर्नुपर्ने र जसमध्ये ९ हजार ७ सय ९३ जनालाई आईसीयूमा उपचार गर्नुपर्ने आँकलन मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारी भने अहिले नै स्थिति भयावह भइनसकेको बताउँछन् । संक्रमण बढ्दै गएको अवस्थामा अहिलेको पूर्वाधारले थेग्न नसक्ने उनको भनाइ छ ।

‘अहिलेको स्थिति हेर्ने हो भने भयावह मान्न मिल्दैन, यसको मतलव जोखिम छैन भन्ने होइन, संक्रमितहरू बढिरहेका छन्, अस्पताल भरिभराउ छन्,’ डा. अधिकारीले भने, ‘यही क्रममा संक्रमण बढ्दै गयो भने स्वास्थ्यको पूर्वाधारले धान्न सक्दैन ।’

त्यसो त प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एक भिडियो जारी गर्दै कोरोना महामारीले पुनः भयावह रूप लिन लागेको संकेत गरेका छन् । तेस्रो लहरका लक्षण देखिन थालेको भन्दै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रहसमेत गरिसकेका छन् ।

‘कोरोना महामारीको तेस्रो लहरका लक्षण देखिन थालेका छन्, म यहाँहरूसँग आग्रह गर्दछु कि अत्यन्त आवश्यक परेको बेला मात्रै बाहिर निस्कौं,’ प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन् ।

‘बाहिर निस्कनुअघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं र बेलाबेलामा साबुन पानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड सबै पालना गरौं, सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्रै यो महामारीलाई तह लगाउन सकिन्छ,’ उनले भनेका छन् ।

प्रधानमन्त्रीले राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थालाई भीडभाड हुनेगरी कार्यक्रम आयोजना नगर्न र स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अपनाएर मात्रै पेसा, व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन् । राजधानी दैनिकमा प्रशान्त वलीले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने