२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारदेखि कास्कीको पोखरामा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आज बन्द प्रशिक्षणको टुङ्गो लगाएको हो । दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ) र एसियन कप छनोटअन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले पोखरामा तयारी गर्ने छ । नेपालमा आगामी भदौमा भारतसित हुने दुई मैत्रीपूर्ण खेलको तयारीमा  नेपाली टोली जुटेको हो । 

Advertisement

बन्द प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएपछि उनीहरूको ठाउँमा शिशिर लेखि र सेसेहाङ आङ्देम्बेलाई टोलीमा सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै गोलकिपरका रूपमा विशाल सुनारलाई पनि बन्द  प्रशिक्षणमा सहभागी गराइने भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई प्रशिक्षण दिनेछन् । आगामी अक्टोबरमा १३औँ साफ च्याम्पियनसिप आयोजना हुने भएको छ । 

साफ च्याम्पियनसिप आयोजना गर्न नेपालले प्रस्ताव अघि सारेको छ । बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट र शिशिर लेखी रहेका छन् । 

यस्तै बन्द प्रशिक्षणमा आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङदेम्बे, पुजन उपरकोटी, रजिन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजज्यु ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ र विक्रम लामालाई सहभागी गराइने भएको छ । रासस

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने