२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

बुटवल । रोटरी क्लब अफ सेन्ट्रल रुपन्देहीको दोस्रो पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा वर्ष २०२०/२१ का अध्यक्ष तथा क्लबका चार्टर प्रेसिडेण्ट सूरज खरेलले वर्ष २०२१/२२ का अध्यक्ष लक्ष्मण थापालाई पद हस्तान्तरण गरेका छन्।

Advertisement

सो अवसरमा निवर्तमान अध्यक्ष खरेलले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यहरु गर्दै सफल रुपमा सम्पन्न गरेको बताउँदै सो सफलताका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए। क्लवले त्यसैगरी कोभिड-१९ को महामारीमा प्रभावकारी भूमिका निर्वाह गर्ने स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।

संक्रमणमा अग्रपतिमा रहेर सङ्क्रमितका उपचार गर्ने ७ जना डाक्टरलाई कोभिड हिरोको उपाधिसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा डाक्टरहरु सुरुची नेपाल,महेश घिमिरे , सोवौरिता काफ्ले,ज्योति राना,दिप अर्याल,प्रतिमा भण्डारी र सुन्दर पाण्डे रहेका छन्। त्यसैगरी कोरोना ल्याबमा (स्वाब परीक्षण) खटिएका राम बहादुर खड्का र सुरेन्द्र सापकोटालाई पनि सम्मान गरिएको थियो।

महामारीमा नर्सको भूमिका निर्वाह गर्ने सिमा काफ्ले,सिर्जना ढकाल,देवदह कलेज कोभिड नर्सिङ टिम , लुम्बिनी प्रादेशिक अस्पताल कोभिड नर्सिङ टिम,यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज कोभिड नर्सिङ टिम,क्रिमसन अस्पताल कोभिड नर्सिङ टिम लगाएतलाई कोभिड हिरोको रुपमा सम्मान गरिएको थियो ।

महामारीमै अक्सिजनको सप्लाई गरी सहयोग पुर्याउने नव ज्योति युवा क्लबका अध्यक्ष दिपेश कंडेल लगाएतको टिम ,देवदह मेडिकल कोभिड अस्पताल अन्तर्गत रही कोभिड इन्चार्ज मधु भण्डारी , महामारीमा रगतको उपलब्धता गराउन सक्रिय भूमिका निर्वाह गर्ने नेपाल स्वयमसेवी रक्तदाता समूह रुपन्देहीका अध्यक्ष कृष्ण चौहानलाई पनि कोभिड हिरोको रुपमा सम्मान गरिएको थियो ।

त्यसैगरी क्लबले रोल्पका १२ वर्षिय बालकको उपचारका लागि दार्ही ग्याङमार्फत चलाइएको अभियानमा सहयोग गर्ने डाः योगेन्द्र अग्रहरि र डाःपवन कुमार श्रेष्ठ तथा दार्ही ग्याङ रुपन्देही परिवारलाई सामाजिक उत्तरदायित्व अन्तर्गत रही सोशल एक्टिभिष्टको उपाधिले सम्मान गरिएको क्लबका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरज खरेलले बताए ।

क्लबका निवर्तमान अध्यक्ष सुरज खरेलको अध्यक्षता, नेपाल-भुटान ३२९२ का नोमिनी आरआई डिष्ट्रिक्ट गर्भनर राजेन्द्र प्रसाद ध्वजुका प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लबलाई सहयोग तथा सामाजिक सेवा गरेवापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। पदस्थापन समारोहमा रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिष्टेण्ट गभर्नर जोन २० जीवन अधिकारी,आर आई डिष्ट्रिक्ट न्यू क्लब डेभ्लपमेण्टका चेयर एजाज आलम, रोटरी डिष्ट्रिक्ट ३२९२ का एसिष्टेण्ट गभर्नर राजेन्द्र कार्की जोन २२ लगाएतले रोटरीको भूमिका र महत्वबारे आफ्ना भनाई राखेका थिए ।

योगीकुटी स्थित होटल पौवामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लबका सचिव लक्ष्मण खरेलले गरेका थिए भने इलेक्टेड प्रसिडेण्ट पप्पु गुप्ताले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने