ताजा अपडेट »

बुटवलका १८ सहित रुपन्देहीमा थपिए ५१ संक्रमित

शनिबार, ०९ साउन २०७८, १७ : ३६
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा ४०७ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकामा १८ जना, तिलोत्तमा नगरपालिकामा १४ जना, देवदह नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, सिद्धार्थनगर नगरपालिका ३ जना, शुधोधन गाउँपालिकामा २ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान नगएको कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५०६ जनाको कोरोनाबाट मृत्यु भएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३५९ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।