ताजा अपडेट »

सर्वोच्चको फैसलाविरुद्ध गुल्मीको तम्घासमा राँके जुलुस

सोमबार, २८ असार २०७८, २२ : ०८
4 Shares

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा सर्वोच्च अदालतको फैसला विरुद्ध राँके जुलुससहित प्रर्दशन गरेका छन्। नेकपा एमालेको निकट युवा संघ गुल्मीको आयोजनामा प्रतिनिधिसभा विघटन पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध सोमबार साँझ राके जुलुससहित प्रर्दशन गरेको हो ।

प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा बिरुद्ध नाराबाजी गर्दै राके जुलुससहित प्रदर्शन गरेका थिए । युवा संघका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय गुल्मी अगाडि नाराबाजीसहित राँके जुलुस प्रदर्शन गरिएको युवा संघ गुल्मीका अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।