१६ चैत्र २०७९, बिहीबार

Mar 30, 2023

काठमाण्डौं । कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन । साताको पहिलो दिन आइतबार भएको शेयर कारोवारमा होटल तथा पर्यटन उपसमूहको शेयरमा उल्लेख्य वृद्धि भएको छ । कूल १३ उपसमूहमध्ये आज १० उपसमूहको शेयर ओरालो लाग्दा तीन उपसमूहको शेयर भने उकालो लागेको छ । उकालो लागेकामध्ये सबैभन्दा बढी कमाउनेमा होटल तथा पर्यटन उपसमूह रहेको छ । सो उपसमूहको शेयर ८६.३८ बिन्दुले उकालो लागेको छ ।

Advertisement

ओरियण्टल होटलको मात्रै आज प्रतिकित्ता रु ५७ ले वृद्धि भई रु ७३० मा कारोबार भएको छ । यस्तै, नेप्से ओरालो लागे पनि अन्य उपसमूह १५.०१ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.४८ बिन्दुले घटेर दुई हजार ८३४.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले घटेर ५२८.४५ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकम समेत घटेको छ । कूल २२४ कम्पनीको एक करोड आठ लाख ४२ हजार २२१ कित्ता शेयर रु पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार २५७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १३ उपसमूहमध्ये १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ । बैंकिङ ६.९, व्यापार १७.६२, विकास बैंक ४५.४६, जलविद्युत् ३.३५, वित्त ३९.२६, निर्जीवन बीमा ११९.७९, उत्पादन २४.४२, लघुवित्त २५.८६, जीवन बीमा ४४.९९ र लगानी ०.४५ बिन्दुले ओरालो लागेको छ । कारोवार भएकामध्ये नेपाल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २१ करोड ५७ लाख १६ हजार ५८९ बराबरको कारोवार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १९ करोड ४६ लाख ५८ हजार, माथिल्लो तामाकोशी रु १६ करोड २४ लाख ४२ हजार ७३८, हिमालयन डिस्टिलरी रु १३ करोड ६४ लाख ६९ हजार ५११ र नेशनल हाइड्रोपावर रु १३ करोड ३४ लाख १६ हजार ६९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, गुडबिल फाइनान्सको ऋणपत्रको मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । ओरियण्टल होटल ८.४७, सिइडिबि हाइड्रोपावर ७.२५, कर्पोरेट डेभलपमेन्ट बैंक ६.१६ र नेपाल फाइनान्सका शेयरधनीले ४.०३ प्रतिशतले कमाए । त्यस्तै, माछापुच्छ्रे बैंकको ऋणपत्र ५.३८, एसबिआई बैंकको ऋणपत्र ५.३६, पोखरा फाइनान्स ४.४७, गुर्खाज फाइनान्स ४.२६ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले ४.१८ प्रतिशतले गुमाएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देहीमा शुक्रबारदेखि ३ दिने बायोपिक चलचित्र कार्यशाला तिनाउमा एमालेको मिसन ग्रासरुट संघर्ष तथा सफलताका कथा लेखन सम्बन्धि अनुशिक्षण कांग्रेसले टुङ्गायो मन्त्रीको नाम (मन्त्रालय र नामावलीसहित) विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल काँग्रेस त्यागेका स्वर्णिम वाग्लेले लिए रास्वपाको सदस्यता, तनहुँ १ को टिकट उनैलाई लुम्बिनी प्रदेश सांसदका स्वकीय सचिवः श्रीमान्, श्रीमती, छोरा, छोरी, भाइ, भतिज ! कांग्रेस छाडेको घोषणा गर्दै स्वर्णिमले भने- कांग्रेस दाइ-भाउजुको अक्षम गिरोहमा परिणत हुने क्रममा छ भैरहवामा तीनदिने फोटो पत्रकारिता तालिम सुरु उपनिर्वाचन : बारा, चितवन र तनहुँका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव सोनालिकाको सिरिज–२ अन्तर्गतका कम्बाईन्ड हार्भेष्टरको विक्री सुरु कोटहीमाईको एघारौं गाउँसभा, चार कार्यविधि अनुमोदन सेयर बजार १०.८७ अंकले ओरालो ६ वर्षपछि फेरि संसार देख्ने भइन् चुम्फा नेपाली लागुऔषधहित ७ जना पक्राउ ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित (फाेटाे फिचर) कांग्रेसले चितवन–२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने मिटरब्याजी पीडितको माग सम्बोधन गर्न सरकारसँग कांग्रेसको माग कांग्रेसका मन्त्री छान्ने जिम्मा सभापति देउवालाई