ताजा अपडेट »

‘लोकतन्त्र सबैका लागि हो, प्रेस स्वतन्त्रता छ भन्दैमा जथाभावी लेख्न पाइदैन’

विहीबार, १० माघ २०७५, ०७ : ३२
4 Shares

माघ १०,

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्र छ भन्दैमा जथाभावी देख्न नहुने बताएका छन् । डा‌‍बोस बैठकमा पुगेका प्रधानमन्त्री ओलीले प्रेसमाथि नियन्त्रण गर्ने सरकारको मनसाय नरहेको बताए ।

स्वीट्जरल्याण्डको डा‌‍ओसमा जारी विश्व आर्थिक मञ्चको ४९ औं बैठकको ‘सेपिङ द फ्युचर अफ डेमोक्रेसी’ सत्रमा प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक देश भएकाले प्रेसमाथि प्रतिबन्ध लगाउने कुनै गुञ्जायस नभएको बताए । उनले भने, ‘लोकतन्त्र भनेको प्रेसका लागि मात्रै होइन, सबै नागरिकका लागि हो ।’

प्रधानमन्त्री ओलीले मंगलबार ‘स्ट्राटेजीक आउटलुक अन साउथ एसिया’ सत्रलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न आग्रह गरेका थिए । मञ्चको ४९ औं बैठक शुक्रबार सम्पन्न हुँदैछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।