Jun 4, 2023
बुटवल । जातीय भेदभाव र छुवाछूत जन्य कु-संसकारकाे अन्तय गर्न आवश्यक रहेको जनता समाजवादी पार्टी (जसपा)का केन्द्रिय सदस्य किस्मत बि.क. ले बताएका छन् ।
केन्द्रिय सदस्य किस्मत बि.क. ले एक विज्ञप्ति जारी सन्चारकर्मी रूपा सुनारलाई जातकाे आधारमा घर भाडामा नदिएर जातीय भेदभाव गरिएको घटना सिङ्गो मानव समाजकाे लागि चुनाैती बनेकाे भन्दै जातिय भेदभाव र छुवाछूत जन्य कु-संसकारकाे अन्तय गर्न आवश्यक रहेको बताएका हुन् । `रूपा सुनारलाई जातकाे आधारमा नै घर भाडामा नदिएर जातिय भेदभाव गरिएको घटना सिङ्गो मानव समाजकाे लागि चुनाैती बनेकाे छ, सम्पूर्ण मानव जाति एक हाै,भन्ने अवस्थामा पनि जातकै आधारमा विभेद गरिनु खेदजनक छ, नेपालकाे सबिधानले जातकाे आधारमा विभेद गर्न नपाईने यदि काेहि कसैले गरेमा कानुन अनुसार सजाय हुने ब्यवस्था हुदा पनि यसकाे खिल्ली उडाउदै देशभरी दलित समुदाय माथि बिभेदकाे घटना दिनानुदिन घटि रहेकाे छ ।´- उनले भने ।
यस्तै शिक्षा मन्त्रीले जस्ताे ब्यक्ति आफै यस्ताे बिभेदलाई चुनाैती दिदै अनुसन्धानमा रहेकालाई छुटाएर सरकारी गाडिमा लैजानेले कहि कतै राज्यले नै बिभेद लाई प्रश्चय दिएकाे हाे कि भन्ने प्रश्न उठेको बताए ।
प्रतिकृया दिनुहोस्