२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले बालबालिकाको उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरणको साथै विभिन्न खेलौना सामाग्री–सेट रोटरी ई–क्लब मेडिकोफ्युजन हाइब्रिड नेपालको संरक्षणमा रहनेगरी अस्पताललाई हस्तान्तरण गरेको हो ।

शुक्रबार सामाग्री हस्तान्तरण कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले क्लबले प्रदान गरेका सामग्रीले स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । क्लबले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकोमा धन्यन्वाद व्यक्त गर्दै उनले बालबालिका र महिलाको उपचारका लागि पश्चिम क्षेत्रको गहनाका रुपमा रहेको आम्दा अस्पताललाई अझै सुधार गर्दै लैजान उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले नयाँ उपकरण र जनशक्ति थप गरी आम्दा अस्पतालको स्वास्थ्य सेवालाई बिस्तार गर्न प्रदेश सरकारसँग छलफल भैरहेको जानकारी दिए ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष बाबुराम भट्टराईले अस्पताललाई थोरै भएपनि स्वास्थ्य सामग्री सहयोग गर्न पाउँदा खुसी भएको बताए । उनले उपचारका लागि अस्पतालमा आउने बालबालिकाहरुको उपचारमा केही सहज होस् भन्ने उद्देश्यलाई आम्दालाई छनोट गरि स्वास्थ्य सामग्री हस्तानतरण गरेको बताउँदै यी उपकरणहरुको जतनसाथ प्रयोग गर्न आग्रह गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ