२१ जेष्ठ २०८०, आईतवार

Jun 4, 2023

महेन्द्रनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौं महिनामा तोकिएसँगै जिल्लामा पनि चुनावी तयारी र चहलपहल शुरु भएको छ । गाउँ र नगरस्तरसम्मको निर्वाचन तालिका सार्वजनिक गरेको कांग्रेसले कञ्चनपुरमा पनि चुनावी माहोल बनााउँदैछ ।

Advertisement

यहाँ प्रतिनिधीसभा, प्रदेशसभा र स्थानीय तहमा नराम्ररी पराजय व्यहोरेको कांग्रेस कञ्चनपुरले केन्द्रसँगै जिल्लामा पनि सबल नेतृत्व चयन गर्ने कार्यकर्ता र नेताहरुको भनाई छ । कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले जिल्लामा केन्द्रबाट सर्कुलर आइसकेको बताए । “ माथिबाट निर्वाचन तालिका समेत आएर सोही अनुसार काम अगाडी बढाउन भनिएको छ”, उनले भने,“ अब कुनै पनि हालतमा अधिवेशन रोकिँदैन ।”

यहाँ जिल्ला नेतृत्व तहका कांग्रेस नेताहरु तालिकसहित सामाजिक सञ्जालमा पनि चुनावी चहलपहल अघि बढाइरहेका छन् । कोरोना कहरका कारण पनि एक आपसमा भेट्नु भन्दा सामाजिक सञ्जालजस्ता सूचना प्रविधिको प्रयोगको प्रचलन यसपटक बढ्ने देखिएको छ । नयाँ पुस्ता प्रचारको लागि प्रविधिमा बढी व्यस्त छन् । कांग्रेस कञ्चनपुरका युवा नेता आशेफ कुवँर (भुन्टु) ले जिल्लामा युवा पुस्ता पनि नेतृत्वदायी भूमिकामा आउन तत्पर रहेको बताए । “पार्टीभित्र काम गर्ने शैली पनि समयक्रम अनुसार सुधार गर्दै लैजानु आवश्यक छ”, उनले भने, “ पुरानो ढर्राबाट पार्टी चल्दैन ।” उले पार्टीमा महिला, दलित, जनजाति र सबै वर्गको प्रतिनिधित्व हुने गरी कमिटी बनाउनुपर्नेमा जोड दिए ।

पाँच हजार पाँच सय क्रियाशिल सदस्य रहेको कञ्चनपुर कांग्रेसले पाँच हजार एक सय क्रियाशिल नयाँ सदस्यता थप गरेको छ । पार्टीभित्रका दुई प्रभावशाली नेता रमेश लेखक र नारायणप्रकाश साउँदको गृहजिल्ला कञ्चनपुरमा समूहगत राजनीति समेत हुने गरेको छ । “एउटै जिल्लामा गुटगत राजनीति हुँदा अन्य पार्टीले त्यसको भरपुर फाइदा लिन्छन्”, कुवँरले भने, “ कांग्रेसको शीर्षतह देखिनै सुमधुर सम्वन्ध स्थापित गरेर कांग्रेसलाई चलायमान बनाउनुपर्छ ।”

त्यसैगरी जिल्ला पार्टी सभापति हरिप्रसाद बोहराले निर्वाचन गर्न कार्यतालिका बनेको जानकारी दिए । उनले कोभिड–१९ का कारण निर्वाचनलाई असर गर्न सक्ने तर निर्वाचन गर्ने पक्षमा पार्टी नेतृत्व रहेको बताए । पछिल्लो पटक केन्द्रीय समितिसँगै नेतृत्व तहले महाधिवेशनको सुनिश्चितता सहितको निर्णय गरेपछि जिल्ला जिल्लामा पार्टीको चुनावी चहलपहल बढ्न थालेको हो ।

प्रतिकृया दिनुहोस्

Flash News

घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष गम्भिर हुनुपर्ने एक पक्षीय भएको भन्दै पत्रकार महासंघ रुपन्देहीको शुद्धिकरण प्रस्तावलाई प्रेस चौतारीले गर्यो अस्वीकार भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन खोजिरहेको छ : चित्रबहादुर केसी राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयनलाई सर्वोच्चले रोक्यो भिरबाट लडेर १९ वर्षीय किशोरको मुत्यु नवलपरासीमा भत्किएको पुलमा दुर्घटना भएको मृतकको परिचय खुल्यो जाउँ हिड रेसुङ्गा… १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन हेमन्तले जन्माएको वेलकम टु हेम्जाकोट छुवाछुत उन्मूलन दिवसको अवसरमा देविनगर राखियो सूचना वोड प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्मका लागि स्थगित गायिका समीक्षा अधिकारीको ‘ए सुवा’मा समारिका र जोन गौर हत्याकाण्डविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता, भोलि पेसी लागूऔषधसहित ६ जना पक्राउ मलेसियासँगको शृंखला उपाधि नेपाललाई जसपाको अगुवाइमा भएको संघर्षका कारण परिवर्तन सम्भव भयोः महेन्द्र यादव खाना नास्ता प्रकरण : गल्ती लुकाउन २४ लाखको झुटो विवरण, भुक्तानी दिएको १४ लाख गायब संसद बैठक १ घण्टाका लागि स्थगित नागरिकता विधेयक प्रमाणीकरणले संसद बैठक अवरुद्ध, सांसदहरुको नाराबाजी   काफल बेच्दै कलमकापीको जोह गर्दै बालबालिका