ताजा अपडेट »

उत्कृष्ट गाउँपालिका मदानेका उत्कृष्ट कर्मचारीहरु

शुक्रबार, ११ असार २०७८, ११ : ०२

गुल्मी । गुल्मीको मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि विहिवार आयोजना गरेको नवौं गाउँसभाको अवसरमा संस्थागत स्वमूल्यांकन गरि जिल्लाका १२ वटा पालिकाहरु मध्ये आफूलाई उत्कृष्ट पालिकाका रुपमा मूल्यांकन दाबी गरेको छ । त्यसका अलवा त्यस गाउँपालिका ६ जना कर्मचारीहरु मध्ये एक जनालाई सर्वोत्कृष्ट र ५ जना कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारीका रुपमा पुरष्कृत गरेको छ ।

स्थानीय तहको गठन नहुने अघि लामो समयदेखि गाविस सचिवको जिम्मेवारी सम्हालेका हाल त्यस गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेल सर्वोत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । त्यस्तै अहेव घनबहादुर थापा मगर , ल्ल्याव असिस्टेन शिवहरि पन्थी , पशु प्राविधिक अर्जुन भण्डारी, कार्यालय सहयोगीद्वयः विमला राउत र बिष्णु बिकलाई उत्कृष्ट कर्मचारीका रुपमा त्यस गाउँपालिकाले पुरष्कृत गरेको छ ।

उनिहरुलाई गाउँपालिका अध्यक्ष दानबहादुर केसी,उपाध्यक्ष सरिता खड्का र प्रमुख प्रशासकिय अधिकृत रुद्रबहादु पछाईले नगद पुरस्कार र कदरपत्र सहित सम्मान गरेका हुन् । सूचना अधिकारी पोखरेल त्यहाँको प्रशासन फाँट प्रमुखको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।