२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023


तिलोत्तमा । राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटी रुपन्देहीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई तिलोत्तमाका वडा वडामा पुगेर राहत वितरण गरिरहेको छ । युवा संघले महामारीबाट प्रभावित तिलोत्तमा नगरपालिकाका चारवटा वडामा रहत वितरण गरिसकेको संघका तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलले बताए । असार ५ गते वडा नम्बर १० कान्छीबजारका करिव ६० परिवारलाई खाद्यान्न वितरण सुरु गर्दै संघले अभियान थालेको हो । बिहीबार संघले नगरका तीनवटा वडामा पुगेर राहत वितरण गरेको अध्यक्ष कंडेलले जानकारी दिए ।

बिहीबार तिलोत्तमा ११ मा १८ घर, तिलोत्तमा–१४ मा १० घर र वडा नम्बर ८ मा २ घर गरी ३० घर परिवारलाई राहत प्रदान गरिएको छ । जसमा २० केजी चामल, २ केजी दाल, एक लिटर तेल, सोयाविन, नुन लगायत खाद्य सामग्री रहेको छ । ‘लामो समयदेखि कोरोना महामारी कायम रहेकाले विभिन्न स्थानमा बसोबास गर्ने प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं” अध्यक्ष कंडेलले भने ।

महामारीबाट अप्ठेरोमा परेका परिवारलाई राहत प्रदान गर्नु र उनीहरुको दुःखसुखमा साथ दिनु आफूहरुको दायित्व रहेको पनि उनले बताए । युवाहरुबाटै रकम संकलन गरी विपन्न नागरिकलाई राहत प्रदान गरिएको उनले बताए । युवा संघले महामारीबाट प्रभावितलाई राहत वितरण गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)