Jun 10, 2023
बुटवल । रुपन्देहीमा बिगत केही समयदेखी कोरोना संक्रमितहरुको संख्या घटिरहेको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा पछिल्लो २४ घण्टाको अवधीमा ५ जनामा संक्रमण पुष्टि भएको छ भने ४४ जना निको भएका छन् ।
८१ जनाको नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा सैनामैना नगरपालिकामा २ जना, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकामा ११ जना संक्रमित थपिएको थियो । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या २२९ रहेको छन् ।
रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट कुनैपनि संक्रमितको ज्यान गएको छैन । जिल्लामा अहिलेसम्म जिल्लामा ४८२ जनाको ज्यान गईसकेको छ ।कोरोनाको दोस्रो लहर शुरु भएसंगै मृतकको सख्या शुन्य भएको यो चौथो पटक हो ।
प्रतिकृया दिनुहोस्