२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

काठमाडौँ । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ । उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ ।”

Advertisement

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ ।  निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए  । उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ । उनले भने, “कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन ।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ । 

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग ९सडक० बनाउन आवश्यक रहेको उनले बताए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए । उनले भने, “पुल र सडकका विषयमा हामीले सेना र सडक विभागलाई भनिरहेका छौँ ।” 

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौँमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । उनले भने, “आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ ।” 

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली ९हेडवर्क डाइभर्सन सुरुङ०  टालिएको छ । वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए । वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले बताए । उनले भने, “त्यसका लागि दुई साढे दुई महिना लाग्छ ।”  

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौँमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ । दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा  दुईचार साता त्योभन्दा केही समय बढी लाग्नसक्ने उनले बताए । उनले भने, “अहिले हामीले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौँ ।” 

वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ । सुरुङ कति टालिएको छ । सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताए । बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उनले बताए। उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ । भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउनेछ । जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए । उनले भने, “भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ ।” 

अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए । अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन ।  निर्माणस्थलभन्दा माथिबाट आएको पहिराका कारण आठजना बेपत्ता भएका थिए । तीमध्ये तीनवटा शव भेटिएको छ । पाँचजनाको जानकारी आएको छैन । 

प्रतिकृया दिनुहोस्

Flash News

लागुऔषधसहित ३ जना पक्राउ जिल्ला निर्वाचन कार्यालय खारेज गर्न खोजिएको होइन : प्रधानमन्त्री जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ यस्तो छ लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठ) गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय नै खोलिनुपर्छ : नेता महर प्रधानमन्त्री प्रचण्डविरूद्धको ‘युद्ध अपराध’सम्बन्धी रिट दर्ता गर्न बाटो खुल्यो एमाले नेतामाथिको आक्रमणमा सत्ताधारीको संलग्नता देखियो : योगेश भट्टराई गुल्मीका रामु बिक ५ दिनदेखि बेपत्ता जलहरी बहस संसदको रेकर्डवाट हटाएकोमा रामहरी खतिवडाको आपत्ति विद्यालय कर्मचारी माथि राज्यबाटै चरम श्रमशोषण नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने