२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौँ। गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भए गरेका काम कारवाहीबारे जानकारी लिएका छन् । उक्त निरीक्षण पश्चात आयोजित समारोहमा गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पु¥याएको योगदान र राष्ट्र तथा नागरिकको सेवा–सुरक्षामा पुयाएको योगदानको प्रशंसा गरे।

Advertisement

सदियौँदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमता महत्वपूर्ण रहेको उनको भनाइ थियो । मन्त्री अधिकारीले भने, “कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिईएको सेवा तथा सुविधा अब्बल छ, भूकम्पजस्ता महामारीमा साधन श्रोतको अभावकाबीच सशस्त्र प्रहरीले गरेको कार्यको सम्मान प्रकट गर्न चाहन्छु ।”

गृहमन्त्री अधिकारीले मन्त्रालय आवश्यक साधनश्रोत, जनशक्ति र वृृत्ति विकासको कार्यमा सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोवलकासाथ क्रियाशिल हुन ससस्त्रका प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले समायानुकुल राशन व्यवस्थापन, वृत्ति विकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने आश्वासन दिएका छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गृहमन्त्रीबाट भएको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोवल तथा हौसलामा वृद्धि भएको विश्वास व्यक्त गरे । गृहमन्त्रीको १२ बँुदे निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरस पालना गरिने उनले प्रतिवद्धता व्यक्त गरे । भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाईका साथ पालना गर्दै सङ्गठन अगाडि बढिरहेको जानकारी गराए ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशील र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोलाबाट सुदूर पश्चिमको छाङ्गरु तथा सुस्ताबाट कञ्चनपुुरको ब्रम्हदेवसम्मको स्थानमा गण, गुल्म र बिओपी स्थापना गरी सेवा, सुरक्षा र उद्वार कार्यमा खटिँदै आएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ पूर्वराज्यमन्त्री महेश चौधरीको निधन दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ भारत भ्रमणमा के–के भयो ? राष्ट्रिय सभामा प्रधानमन्त्रीको प्रष्टीकरण (पूर्णपाठसहित)