२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाडौ । सर्वोच्च अदालत अन्तर्गतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारवाही निष्पक्ष र स्वच्छ नभएको ठहर गरेको छ । पदाधिकारी तथा कर्मचारी नियुक्ति र उनीहरूको खटन पटनको प्रक्रियालगायतका कार्यबाट आयोग निष्पक्ष नभएको ठहर हुने इजलासले स्पष्ट गरेको हो ।

Advertisement

इजलासले योग्यता पुगेको व्यक्तिलाई आयोगको प्रमुख आयुक्तमा नियुक्त गरिएको, आयोगका पदाधिकारी र कर्मचारी उपर नै भ्रष्टाचारको मुद्दा लाग्ने गरेको तथा आयोगमा पदाधिकारी तथा कर्मचारी नियुक्ति प्रक्रियामा नै संशय पैदा हुने गरेका कारण आयोग निष्पक्ष भएको उल्लेख गरेको छ ।

अख्तियार आफैले घुस रकम दिई सार्वजनिक निकायमा कार्यरत व्यक्तिलाई पक्राउ गर्ने कार्यविरुद्ध दायर भएको रिट निवेदनमाथि भएको अन्तिम आदेशको पूर्ण पाठ तयार गर्ने क्रममा शुक्रबार संवैधानिक इजलासले आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाएको हो । सो विषयमा इजलासले गत वैशाख ८ गते रिट जारी हुनेगरी आदेश गरेको थियो । सर्वोच्च अदालतले आयोगका पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्कीको चाहिने योग्यता नभई सो पदमा नियुक्त गरिएको उल्लेख गर्दै २०७३ सालमा उहाँलाई पद मुक्त गर्न आदेश दिएको थियो ।

यसैगरी,आयोगकै पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र आयुक्त राजनारायण पाठकलाई अख्तियारबाट नै भ्रष्टाचारमा मुद्दा दायर गरिएको छ । केही कर्मचारी पनि घुस काण्डमा फसेका छन् । आयोगमा प्रमुख आयुक्त र आयुक्त नियुक्त हुँदा पनि रकमको चलखेल हुने गरेको, आफन्तलाई छान्ने गरिएको जस्ता आरोप लाग्दै आएको छ । संवैधानिक इजलासको आदेशमा भनिएको छ–‘यस अवस्थामा आयोगले संवैधानिक हैसियत प्राप्त गरेको छ भन्ने आधारमा नै निष्पक्षताको प्रत्याभूति सुनिश्चित भएको छ भनी मानियो भने यो वस्तुवादी दृष्टिकोण बन्दैन । निष्पक्षता स्वच्छता व्यवहारिक रूपमा कर्मद्वारा स्थापित हुनु पर्दछ ।’ यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड केवलकार चढेर पुगे पाल्पाको बसन्तपुर डाँडा घट्यो सुनको मूल्य नेता ठेकेदारको बचाउ नगर्न देउवा र ओलीलाई पत्राचार यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर चौतारा संरक्षणमा राइनासका युवा दर्शक पाठक घटेर समस्यामा भोगिरहेको सिएनएनवाट सिइयोको राजिनामा मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक