२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

काठमाण्डाै । नेपाली कांग्रेसका बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले हिजो दिएको अभिव्यक्तिको नेकपा एमालेले भर्त्सना गरेको छ । वैद्यको अभिव्यक्ति आपराधिक भन्दै पार्टीले यसमा फौजदारी कानूनसमेत आकर्षित हुने उल्लेख गरेको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई एमालेले अत्यन्त गम्भिररुपमा लिएको उल्लेख गरेका छन् ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ । दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ । “कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव समूह अहिले ओलीका विरुद्ध राजनीतिक लडाइँमा पराजित भएपछि हत्या गर्ने योजनामा लागेकै हो ?, कांग्रेस लोकतान्त्रिक मान्यताबाट च्यूत भएकै हो ?, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, समृद्धिको मिशन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल ओली एक्लै छैनन्, एमालेजन र ओली समर्थकहरु हातमा दही जमाएर बसेका छैनन्, हरपल प्रतिवाद गर्न तयार छन्”, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्ख्नु ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ